एमाले पाेलिटब्युराे सदस्य बालकृष्ण ढुंगेलकाे निधन

एमाले पाेलिटब्युराे सदस्य बालकृष्ण ढुंगेलकाे निधन

काठमाण्डाै – नेकपा एमालेका नेता बालकृष्ण ढुंगेलको निधन भएको छ । आज शनिवार बिहान काठमाण्डाै काँडाघारीमा रहेकाे आफ्नै निवासमा उहाँकाे निधन भएकाे हाे । घरकै बाथरुममा लडेर उहाँकाे निधन भएकाे हाे ।

परिवारका अरू सदस्य बर्दिवास गएकाले उहाँले घरमा एक्लै हुनु हुन्थ्याे । अहिले ढुंगेलकाे घरमा प्रहरी पुगेकाे छ ।

तत्कालीन नेकपा विभाजित भएपछि ढुंगेल एमालेमै बस्नुभएकाे थियाे । उहाँ एमालेकाे पोलिटब्युराे सदस्य पनि हुनु हुन्थ्याे ।

तत्कालीन सशस्त्र द्वन्द्वका क्रममा भएको उज्जन श्रेष्ठको हत्या आरोपमा उहाँ दुई पटक गरी झन्डै सात वर्ष जेल बस्नुभएकाे थियाे ।

प्रकाशित मिति : शनिबार, असोज २२ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij