कांग्रेसले बागी उम्मेदवारी दिनेहरूलाई ५ वर्षका लागि पार्टीबाट निष्कासन गर्‍याे

कांग्रेसले बागी उम्मेदवारी दिनेहरूलाई ५ वर्षका लागि पार्टीबाट निष्कासन गर्‍याे

काठमाण्डाै – नेपाली कांग्रेसले आउँदो मङ्सिर ४ गते हुने चुनावमा पार्टीको निर्णय विपरीत बागी उम्मेदवारी दिनेहरूलाई पार्टीबाट निष्कासन गरेको छ ।

नेपाली कांग्रेसका मुख्ख सचिव कृष्णप्रसाद पौडेलले आज बुधवार विज्ञप्ति निकालेर बागी उम्मेदवारी दिने व्यक्ति र उनका प्रस्तावक तथा समर्थकलाई पाँच वर्षका लागि पार्टीको साधारण सदस्यबाटै निष्कासन गरिएको जानकारी गराउनुभएको हो ।

गठबन्धनका दलले हिजो मङ्गलवार नै निर्देशन दिएर आज दिउँसो १ बजेभित्र बागी उम्मेदवारी फिर्ता लिन निर्देशन गरेका थिए । तर केही नेताले उम्मेदवारी फिर्ता नलिएकाले कांग्रेसको विधान र आन्तरिक कानुनअनुसार पाँच वर्षका लागि निष्कासन गरिएको पौडेलेले बताउनुभएको छ ।

नेपाली कांग्रेसका पूर्वसांसद अमरेशकुमार सिंहदेखि केन्द्रीय सदस्य दिनेश कोइरालासम्मले बागी उम्मेदवारी दिएका छन् ।

 

अन्तिम अपडेट: असोज २६

प्रकाशित मिति : बुधबार, असोज २६ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij