राजु गुरुङको उम्मेदवारी खारेजी फिर्ता गर्न गठबन्धन दलले बुझाए ज्ञापनपत्र

राजु गुरुङको उम्मेदवारी खारेजी फिर्ता गर्न गठबन्धन दलले बुझाए ज्ञापनपत्र

बुटवल – सत्तारुढ दलका तर्फबाट रुपन्देही क्षेत्र नं.२ मा उम्मेदवारी दिएका नेकपा एकीकृत समाजवादीका उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेजी फिर्ता गर्न गठबन्धनका दलहरुले माग गरेका छन् ।

नेपाली कांग्रेसका लुम्बिनी सभापति पर्शुराम ढकाल, माओवादी केन्द्रका केन्द्रीय सदस्य गोविन्द केसी, नेकपा एसका रुपन्देहीका उपाध्यक्ष चिनबहादुर गुरुङ, राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष पदम श्रेष्ठ र नेपाल समाजावादी पार्टीका केन्द्रीय सदस्य हरि घर्तीले संयुक्त हस्ताक्षर गर्दै ज्ञापन पत्र बुझाएका हुन् ।

उनीहरुले गुरुङको उम्मेदवारी खारेजी नसच्याए भोलि हुने परिणामको जिम्मा निर्वाचन अधिकृतले नै लिनुपर्ने चेतावनी पनि दिएका छन् ।

 

प्रकाशित मिति : बुधबार, असोज २६ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij