दल तथा उम्मेदवार चुनावी प्रचारमा

दल तथा उम्मेदवार चुनावी प्रचारमा

काठमाण्डाै – चुनाव चिह्न पाएसँगै दल तथा उम्मेदवारहरु प्रचारमा जुटेका छन् । हिजो निर्वाचन आयोगले उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरेर चुनाव चिह्न दिएसँगै दल तथा उम्मेदवारले चुनावी प्रचारप्रसारलाई तीव्रता दिएका हुन् ।

उम्मेदवारसहित दलका नेता कार्यकर्ताहरु गाउँघरमा पुग्न थालेका छन् । सहरबजार, गाउँघर र चियापसल तथा चोकचोकमा चुनावी कुराकानी र चर्चा हुन थालेका छन् । तर, प्रचारप्रसारमा जाँदा आचारसंहिता पालना गर्न उम्मेदवारलाई निर्वाचन आयोगले आग्रह गर्दै आएको छ ।

आयोगले प्रतिनिधि सभाका उम्मेदवारले न्यूनतम २५ देखि ३३ लाख रुपैयाँसम्म र प्रदेश सभाका उम्मेदवारले १५ देखि २३ लाख रुपैयाँसम्म खर्च गर्न पाउने सीमा तोकेको छ । यस्तै, उम्मेदवारले आमसभा र घरदैलोमा १० वटा झण्डा मात्रै बोक्न पाउनेछन् । यस्तो कार्यक्रममा २५ जनाभन्दा धेरै उपस्थित हुन पाइने छैन ।

यस्तै, बाजा, झाँकी प्रदर्शनमा पनि आयोगले रोक  लगाएको छ । आउँदो मङ्सिर ४ गते हुने चुनावका लागि ५ हजार ६ सय ३६ जना उम्मेदवार कायम भएका छन् । जसमा प्रतिनिधि सभातर्फ २ हजार ४ सय १२ जना र  प्रदेश सभातर्फ ३ हजार २ सय २४ जना रहेका छन् । चुनाव आउन अब ३८ दिन बाँकी छ।

प्रकाशित मिति : बिहिबार, असोज २७ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij