काठमाडौं : जिल्ला अदालत, काठमाडौंले बलात्कारको अभियोगमा प्रहरी हिरासतमा रहेका सन्दीप लामिछानेलाई थप ५ दिन थुनामा राख्न अनुमति दिएको छ।
सन्दीपका वकिल सरोजकृष्ण घिमिरेले ७ दिन धेरै हुने भएकाले ३ दिन मात्र दिनुपर्ने माग गरे पनि अदालतले ५ दिनको म्याद दिएको जानकारी दिए। बयान दिने काम आधा सकिसकेको पनि उनले बताए।
गत असोज २० गते विमानस्थलबाट पक्राउ गरी गौशाला हिरासतमा राखिएका उनलाई अनुसन्धानका लागि सात दिनको दिइएको थियो। सात दिन सकिएसँगै प्रहरीले उनलाई आज अदालत उपस्थित गराएको हो।
गत भदौ ५ गते १७ वर्षीय नाबालिगमाथि जबर्जस्ती करणी गरेको भन्दै भदौ २१ गते प्रहरी वृत्त गौशालामा सन्दीपविरुद्ध जाहेरी परेको थियो। असोज २४ गते जिल्ला अदालतमा सन्दीपले आफू निर्दोष रहेको दाबी गरेका थिए।
प्रकाशित मिति : बिहिबार, असोज २७ २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्