काठमाण्डाै – सर्वोच्च अदालतले रुपन्देही क्षेत्र नम्बर २ का सत्ता गठबन्धनका उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेज नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।
न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको एकल इजलासले आज आइतवार अल्पकालीन अन्तरिम आदेश जारी गर्दै छलफलका लागि दुवै पक्षलाई बोलाएको छ । एकीकृत समाजवादी पार्टीका नेता गुरुङ कर्जा सूचना केन्द्रको कालोसूचीमा परेको भन्दै निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारी खारेज गरेको थियो । तर गुरुङले आफू कर्जा सूचना केन्द्रको कालोसूचीमा परेको नभइ आफू शेयर सदस्य रहेको संस्थामात्रै कालोसूचीमा परेकाले आफ्नो उम्मेदवारी कायम हुनुपर्ने माग गर्दै गएकाे बिहीवार सर्वोच्च अदालतमा रिट दर्ता गराउनुभएको थियो ।
यसैबीच कांग्रेस नेता विजयकुमार गच्छादारसहित नाै जनाको उमेदवारी खारेजीको माग गर्दै सर्वोच्च अदालतमा परेको रिट खारेज भएको छ । भ्रष्टाचारको मुद्दा खेपिरहेका गच्छादारसहित विभिन्न अभियोग लागेका व्यक्तिहरूको उमेदवारी खारेजीको माग गरेर अधिवक्ता अनिल आचार्यले दायर गर्नुभएको रिट न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले खारेज गरेको सर्वोच्च अदालतले जनाएको छ ।
प्रकाशित मिति : आइतबार, असोज ३० २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्