विराटनगर ।
नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले अहिलेको गठबन्धन देश विकास र संविधानको रक्षाका निम्ति भएको बताएका छन्।
विराटनगरमा आयोजित वाम लोकतान्त्रिक गठबन्धनको संयुक्त भेलामा सम्बोधन गर्दै देउवाले आफ्ना मतदाताहरूलाई रूख चिन्ह नभएका ठाउँमा हँसिया हथौडा र कलममा भोट हाल्न अनुरोध गरे।
उनले अगाडि भने, म आफूले त हँसिया हथौडामा भोट हालिसकेको छु। तपाईंहरू पनि रूख नभएका ठाउँमा हँसिया हथौडामा भोट हाल्न गाह्रो नमान्नुहोला। उनले रुख भएको ठाउँमा रुखमा नभएको ठाउमा हँसिया हथौड़ा कलममा भोट हालेर गठबन्धनका उम्मेदवारहरूलाई जिताउनसमेत आग्रह गरे।
सभापति देउवाले अहिलेको आफूहरूको गठबन्धन जनताको हितका लागि गरिएको दाबी गरे। लोकतन्त्र र गणतन्त्रलाई रक्षा गर्न गठबन्धनलाई भोट दिन पनि उनले आग्रह गरे।
प्रकाशित मिति : शनिबार, कार्तिक ५ २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्