काठमाण्डाै – निर्वाचन आयोगले मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारको अन्तिम बन्दसूची प्रकाशन गरेको छ ।
निर्वाचन प्रयोजनका लागि दलले पेस गरेको बन्दसूचीको जाँच/बुझ गरी अन्तिम बन्दसूची प्रकाशन गरिएको आयोगले जनाएको छ ।
प्रतिनिधि सभाको समानुपातिकतर्फ दुई हजार एक सय ९९ जना उम्मेदवार रहेका छन् । प्रदेश सभा सदस्य निर्वाचनतर्फ प्रदेश नं १ का लागि छ सय १६, मधेसका लागि आठ सय ६३, बाग्मतीका लागि सात सय ५४, गण्डकीका लागि तीन सय ४४, लुम्बिनीका लागि पाँच सय ७९, कर्णालीका लागि दुई सय र सुदूरपश्चिम प्रदेशका लागि तीन सय ५२ उम्मेदवार छन् ।
समानुपातिक प्रणालीतर्फ राजनीतिक दलले पेस गरेको बन्दसूचीमा प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यमा गरी छ हजार चार सय ५७ उम्मेदवार थिए ।
प्रकाशित मिति : बुधबार, कार्तिक ९ २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्