काठमाण्डाै – नेपाली कांग्रेसले मंसिर चार गते हुने प्रदेश सभा र प्रतिनिधि सभा चुनावका लागि घोषणापत्र सार्वजनिक गरेको छ ।
चुनावी प्रतिबद्धतापत्र भनिएको घोषणापत्रमा ‘संविधानको रक्षा स्थायित्व र समुन्नतिको आधार नेपाली कांग्रेसको नेतृत्वमा अबको सरकार’ मुख्य भन्ने नारा उल्लेख छ ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा प्रधानमन्त्रीसमेत रहनुभएका पार्टी सभापति शेरबहादुर देउवासहित पदाधिकारी र घोषणापत्र लेखन समिति सदस्यहरुले सार्वजनिक गरेका हुन् । महामन्त्री विश्वप्रकाश शर्मा नेतृत्वमा रहेको ४१ सदस्यीय घोषणापत्र लेखन समितिले घोषणापत्र लेखेको हो ।
पुराना घोषणापत्रको समीक्षासहित आवश्यक थप विषयवस्तु अहिलेको घोषणापत्रमा समावेश गरिएको घोषणापत्र लेखन समितिका प्रवक्ता एवम् सहमहामन्त्री जीवन परियारले बताउनुभयो ।
अन्तिम अपडेट: कात्तिक १२, २०७९
प्रकाशित मिति : शनिबार, कार्तिक १२ २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्