लुम्बिनी प्रदेशलाइ देशकै विकास र समृद्धिको केन्द्र बनाउने काँग्रेस लुम्बिनी प्रदेशको घोषणा

लुम्बिनी प्रदेशलाइ देशकै विकास र समृद्धिको केन्द्र बनाउने काँग्रेस लुम्बिनी प्रदेशको घोषणा

नेपाली काँग्रेस लुम्बिनी प्रदेशले कृषि,पर्यटन,उद्योग,व्यापार, उर्जा तथा सिचाइलाइ प्रथमिकतामा राखेर लुम्बिनी घोषणा पत्र सार्वजनिक गरेको छ । शिक्षा,स्वास्थ्य र भौतिक पुर्वाधार विकास गर्दै स्वरोजगारी सिर्जनाकालागि महत्वपुर्ण कर्याक्रम ल्याउने घोषणा पत्रमा उल्लेख छ । नेपाली काँग्रेस लुम्बिनी प्रदेशका सभापती अमरसिंह पुनले बिहिबार एक कार्यक्रमका बिच घोषणा पत्र सार्वजनिक गरेका हुन । घोषणा पत्र सार्वजनकि गर्दै प्रदेश सभापती पुनले काँग्रेसले ठुला कुरा गरेर जनतालाइ भ्रममा नपार्ने भएकाले कार्यान्वयन गर्न सक्ने योजना,कार्यक्रम तथा लक्ष्य मात्रै घोषणा पत्रमा समावेस गरीएको बताए ।
आगामी मंसिर ४ को निर्वाचनलाइ लक्षित गरेर काँग्रेस प्रदेश कमिटिले घोषणा पत्र तयार गरेको हो । लुम्बिनी प्रदेशलाइ देशकै विकास र समृद्धिको केन्द्र बनाउने लक्ष्य घोषणा पत्रले लिएको छ । त्यसकालागि बुद्ध जन्मस्थल लुम्बिनीलाइ केन्द्रित गरेर प्रदेश विकासका योजना अगाडी बढाउने भनिएको छ । बुद्ध जन्मस्थल लुम्बिनी प्रदेशको मुख्य गौरब भएकाले लुम्बिनी विकास कोषलाइ केन्द्र र प्रदेशको सामुहिक कार्यक्षेत्र भित्र राख्न’ पर्नेमा जोड दिइएको छ ।अहिले लुम्बिनी विकास कोष केन्द्र सरकार अन्तर्गत छ । ल’म्बिनीमा बिर्थिङ सेन्टर स्थापनालाइ जोड दिइएको छ ।
ब’टवल–भैरहवा,त’लसीप’र–घोराही र नेपालगञ्ज–कोहलप’र ट्राम अथवा रेल सम्भाव्यता अध्ययन गरी उपय’क्त योजना अघि बढाउने योजना ल्याइएको छ । ल’म्बिनी प्रादेसिक अस्पताल,राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र भेरी अस्पताललाइ विशिष्टिकरण गर्ने अन्य सरकारी अस्पतालहरुको स्तरबृद्धि गर्ने योजना ल्याइएको छ । अत्यावश्यक औषधी कारखाना प्रदेशमा स्थापना गर्ने,दिर्घरोग तथा डयलसीस उपचार प”र्ण रुपमा निश’ल्क बनाउने योजना काँग्रेसले ल्याएको छ । प्रदेशलाइ उत्कृष्ट शैक्षिक केन्द्रको रुपमा विकास गर्ने,प्रदेश स्तरीय विज्ञान तथा प्रविधि प्रतिष्ठान स्थापना गर्ने,एक पालिका एक प्राविधिक शिक्षालय,स्वरोजगार सिजर्ना गरी बैदेशिक रोजगारीलाइ घटाउन उद्यमशीलता प्रबद्धनकालागि विशेष योजना ल्याउने शंकल्प काँग्रेसले गरेको छ । १०९ वटै स्थानीय तहमा यातायातको सहज पहँ’च विस्तार गर्ने,कृषि अन’सन्धान केन्द्र स्थापना,मलको समस्या समाधानको दिर्घकालिन उपाय खोज्ने र मल कारखाना स्थापना गर्ने,कृषिलाइ बजार र अन’शन्धानसंग जोडन प’र्वाधार निर्माण गर्ने योजना छन ।
मोतीप’र,नौवस्ता र धर्नालक्ष्मीप’रलाइ औधोगिक तथा विशेष व्यापारिक केन्द्र बनाउने योजना घोषण पत्रमा समेटिएको छ । एक पालिका एक खेलक’द केन्द्र र प’स्तकालय स्थापना गरी य’वा केन्द्रित कार्यक्रम गर्ने उल्लेख छ । गरिब विपन्न र पिछडीएको बर्गको बिस्तृत अभिलेखीकरण गरी आधारभ’त स’विधा उपलब्ध गराउन विशेष कार्यक्रम र योजना ल्याइने घोषणा गरेको छ ।
बिभिन्न क्षेत्रसंग सम्बन्धित योजना र कार्यक्रमहरु मार्फत बह’आयामिक गरीबी उल्लेख्य घटाउने लक्ष्य काँग्रेस ल’म्बिनी प्रदेशले लिएको हो । हाल रहेको बह’आयामिक गरिबीको सख्ंया २८.६ बाट घटाएर अवको ५ बर्षमा ११ प्रतिशतमा झार्ने लक्ष्य घोषणा पत्रले लिएको छ । अव्यवस्थित तथा स’क’म्बासी समस्याको दिर्घकालिन समाधान गरी जनतालाइ राहत दिने भनिएको छ । ‘स’क’म्बासी तथा बन क्षेत्र र नदि तट क्षेत्रमा अनाधिकृत रुपमा बसेका घरध’रीलाइ आवश्यक नीति तथा योजना बनाइ कार्यान्वयनमा ल्याउने छ’घोषणा पत्रमा लेखिएको छ । लैङ्गिक उत्तरदायी बजेट प्रणाल लाग’ गर्ने भनिएको छ । स्वर्गद्धारीलाइ धार्मिक गन्तब्यको रुपमा विकास गर्न बृहत्तर ग’रुयोजना बनाउने,प्रदेशका सबै जिल्लामा रहेका धार्मिक,प’रातात्वीक,ऐतिहासिक र प्राकृति सम्पदा तथा पर्यटकीय स्थलको विकास र विकास गर्ने लक्ष्य लिएको छ । जडीब’टीहरुको उचित व्यवस्थापन तथा प्रसोधनकालागि रुक’म रोल्पामा उद्योग स्थापना गर्ने घोषणा पत्रमा समेटिएको छ ।

प्रकाशित मिति : बिहिबार, कार्तिक १७ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij