प्रदेशको राजधानी फेरि बुटवल ल्याउँछु भन्ने पौडेलको अभिब्यक्ति राजनीतिक बेईमानीको पराकाष्ठ : सूर्यवंशी

प्रदेशको राजधानी फेरि बुटवल ल्याउँछु भन्ने पौडेलको अभिब्यक्ति राजनीतिक बेईमानीको पराकाष्ठ : सूर्यवंशी

बुटवल

रुपन्देही क्षेत्र नं. २ का लोकतान्त्रीक बाम गठबन्धनका प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार केशव बहादुर थापा (सूर्यवंशी) ले फेरि राजधानी बुटवल ल्याउँछौं भन्ने एमाले उपाध्यक्ष विष्णु पौडलले दिएको अभिक्यक्ति लाई राजनीतिक बेईमानीकाे संज्ञा दिएका छन ।

 

शनिबार घरदैलो कार्यक्रम पछि रुपन्देहीको तिलोत्तमामा आयोजना गरिएको कोणसभालाई सम्बोधन गर्दै राष्ट्रिय जनमुक्ति पार्टीका कार्यकारी अध्यक्ष समेत रहेका सूर्यवंशीले हरेक हिसाबले रुपन्देही जिल्ला राजधानीको लागि उपयुक्त रहेपनि एमाले नेताका ब्यक्तिगत स्वार्थका कारण राप्तीको किनारमा राजधानी सारेको आरोप लगाए ।

उनले भने –“हरेक हिसाबले रुपन्देही राजधानीको लागि उपयुक्त जिल्ला हो , यहाँ भौतिक पूर्वाधारले सम्पन्न छ तर एमालेका नेताहरुले ब्यक्तिगत स्वार्थ पूर्तिका लागि राप्तीको किनारमा कुनै पूर्वाधारमा नभएको स्थानमा राजधानी सारेर राजनीतिक बईमानी मात्र नभएर यस क्षेत्रका मतदाताको समेत अपमान गरेका हुन ।” एमाले उपाध्यक्ष पौडल प्रति ईगित गर्दै सूर्यबंशी फेरि थपे – “फेरि अहिले राजधानी दाङ् लगेको कालोपाटीमा चकले लेखेजस्तै हो , फेरि मेट्छौं र बुटवल लेख्छौं भनेर बेइमानहरु बोलेका छन ।” उनले २ वर्षसम्म यता न उता बनाएर लुम्बिनी प्रदेशकोे राजधानीलाई अलपत्र पारेको टिप्पणी गरे ।

 

राजधानी दाङमा नै छ भनौं भने सबै मन्त्रालय यही बुटवलमा छ उनि फेरि भन्छन –“राजधानी बुटवलमा छ भनौं भने बोर्ड दाङमा लगेर राखिएको छ ।”

 

राजधानीलाई अधकल्चो बनाएर आफ्नो खेल तमासा देखाउनेलाई अबको चुनावमा जनताले पराजित गरेर सजाय दिनु पर्ने उनले बताए ।

 

सूर्यवंशीले दैत्य चरित भएकालाई मंसिर ४ को चुनावमा पराजित गर्नुपर्ने भनाई राखे । जनमतको अपमान गर्नेलाई जनताले सजाए दिने दिन आएको र अबको निर्वाचनमा ६ दलीय गठबन्धनका उम्मेदवारलाई जिताउन सूर्यबंशीले आग्रह गरे ।स्तै रुपन्देही क्षेत्र नंं. २(१) को प्रदेश सभा सदस्य पदका उम्मेदवार दीर्घबहादुर केसी (कुमार)ले बुटवलबाट राजधानी सार्नलाई जनताले जवाफ दिनेदिन मंसिर ४ नजिकिँदै आएको बताए । कोणसभालाई सम्बोधन गर्दै केसीले एमालेका नेताहरुले के कारणले बुटवलबाट राप्तीको किनारमा राजधानी सारे भन्ने जनतालाई जवाफ दिनु पर्ने बताए ।

राप्तीको किनार राजधानी लागि बुटवल भन्दा के उपयुक्त थियो केसी प्रश्न्न गर्दै भन्छन्–“के सुरक्षा, शिक्षा , स्वास्थ्य, पुर्वाधारको दृष्टिकोणले उपयुक्त थियो।” प्रतिस्प्रर्धी एमाले नेता लिला गिरी प्रति ईगित गर्दै केसीले यहाँका जनतालाई झुक्काएर राप्तीको किनारमा राजधानी सार्नुको कारण बारे जनतालाई जवाफ दिन जोड दिए । जनतालाई झुक्याउने नेतालाई मंसिर ४ गतेको आम निर्वाचनमा पराजित गरेर सजाय दिन आग्रह गरे । नेकपा एमालेका उपाध्यक्ष समेत रहेका रूपन्देही क्षेत्र नं २ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार पौडेलले शुक्रबार रूपन्देहीको भलवारीमा आयाेजित एक टेलिभिजन कार्यक्रममा फेरि बुटवललाई नै लुम्बिनी प्रदेशको स्थायी राजधानी तोक्न सकिने अभिब्यक्ति दिएका थिए ।

प्रकाशित मिति : शनिबार, कार्तिक २६ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij