लोकतन्त्रमाथि ‘कू’ भएको स्मृतिमा आज कालो दिवस मनाइँदै

लोकतन्त्रमाथि ‘कू’ भएको स्मृतिमा आज कालो दिवस मनाइँदै

काठमाण्डाै – प्रथम जननिर्वाचित सरकारलाई तत्कालीन शाही नेपाली सेनाको शक्तिको भरमा अपदस्थ गरिएको विरोधमा आज देशभर कालो दिवसका रूपमा मनाइँदैछ ।

कांग्रेसको भातृ संस्था तरुण दललगायतले आजको दिनलाई प्रजातन्त्रमाथि प्रहार भएको दिनका रूपमा मनाउँदै आएका छन् । २०१७ साल पुस १ गते पहिलो जननिर्वाचित प्रधानमन्त्री वीपी कोइरालालगायतका नेतालाई सेनाको बलमा बन्दी बनाइ तत्कालीन राजा महेन्द्रले पञ्चायती शासन व्यवस्थाको सुरुवात गर्नुभएको थियो ।

नेपाल तरुण दलको कार्यक्रममा सहभागी पहिलो जननिर्वाचित प्रधानमन्त्री वीपीलगायतका नेतालाई त्यहीँबाट गिरफ्तार गरी तीन महिना सिंहदरबार र त्यसपछि सुन्दरीजलमा बन्दी बनाइएको थियो । दोषी चश्मा कथा सङ्ग्रह प्रकाशनपछि राजनीतिमा व्यस्त वीपीलाई सुन्दरीजल बन्दीगृह साहित्य रचना गर्न वरदान साबित भएको थियो । उहाँको दोषी चश्मा कथा सङ्ग्रह भने २००८ सालमै प्रकाशन भएको थियो । वीपी कोइरालाले श्वेतभैरवी कथासङ्ग्रह, मोदीआइन, बाबु, आमा र छोरा, सुम्निमा, ‘तीन घुम्ती, हिटलर र यहुदी, जेलजर्नललगायत रचना गर्नुभएको थियो ।

पुस १ गतेको घटनापछि वीपीसँगै तत्कालीन सभामुख कृष्णप्रसाद भट्टराई, मन्त्री एवम् पार्टी नेताहरू गणेशमान सिंह, सूर्यप्रसाद उपाध्याय, दिवानसिंह राई, रामनारायण मिश्र, योगेन्द्रमान शेरचनलगायतलाई सुन्दरीजल बन्दीगृहमा थुनिएको थियो ।

२०६१ साल भदौ २४ गते बन्दीगृहलाई वीपी सङ्ग्रहालयका रूपमा घोषणा गरिएको छ । २०७२ साल वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त सङ्ग्रहालयको मुख्य भवन पुनःनिर्माण अन्तिम चरणमा पुगेको छ । सङ्ग्रहालयलाई पुरानै स्वरूपमा पुनःनिर्माण गरेको पुरातत्व विभागले जनाएको छ।

 

प्रकाशित मिति : शुक्रबार, पुष १ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij