दाङ – लुम्बिनी प्रदेशसभाका सांसदले आज आइतबार शपथग्रहण गर्ने भएका छन् । नवनिर्वाचित प्रदेशसभा सांसदलाई दिउँसो १ बजे तय शपथ गराउने कार्यक्रम रहेको प्रदेश सभाका सचिव दुर्लभकुमार पुनमगरले जानकारी दिए ।
प्रदेश राजधानी दाङको देउखुरी भालुवाङमा निर्मित प्रदेश सभा भवनमा बैठकमा शपथ गराउने कार्यक्रम छ । संसद अधिवेशन सोमबारका लागि आह्वान गरिएको छ ।
८७ सदस्यीय लुम्बिनी प्रदेश सभामा नेकपा एमालेबाट २९, नेपाली कांग्रेसबाट २७, माओवादी केन्द्रबाट ९, राप्रपा र नागरिक उन्मुक्ति पार्टीबाट ४/४ जना, जसपा, लोसपा, जनमत पाटी र स्वतन्त्र ३/३ जना तथा नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाबाट एक/एक जना सांसद रहेका छन् ।
जनमतका सांसदले मातृ भाषामा शपथ लिने
लुम्बिनी प्रदेशमा जनमत पार्टीबाट निर्वाचित सांसदले मातृ भाषामा शपथग्रहण गर्ने भएका छन् । लुम्बिनी प्रदेशसभातर्फ निर्वाचितमध्ये दुई जनाले मधेशी (अबधी) भाषामा र एक जना सांसदले गुरुङ भाषामा शपथ ग्रहण गर्ने भएका हुन् ।
सबै सांसदहरुले प्रदेश सभा सचिवालयलाई जानकारी गराई आ–आफ्नो मातृ भाषामा शपथ गर्ने तयारी गरेको लुम्बिनी प्रदेश संसदीय दलका नेता चन्द्र केश९सीके० गुप्ताले बताए । लुम्बिनी प्रदेशमा जनमतबाट प्रत्यक्षबाट निर्वाचित सदस्यहरू प्रत्यक्षमा चन्द्रकेश (सीके) गुप्ता, समानुपातिक तर्फबाट निर्वाचित सुमन शर्मा रायमाझीले मधेशी ९अबधी० र गीता गुरुङले गुरुङ भाषामा सपथ ग्रहण गर्ने तयारी गरेका छन् ।
प्रकाशित मिति : आइतबार, पुष १७ २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्