कांग्रेस लुम्बिनी प्रदेश संसदीयदलको नेतामा चाैधरी

कांग्रेस लुम्बिनी प्रदेश संसदीयदलको नेतामा चाैधरी

देउखुरी

नेपाली कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलको नेतामा डिल्ली बहादुर चौधरी चयन भएका छन् ।
दाङ क्षेत्र नम्बर ३ (१) बाट दोस्रोपटक प्रदेश सभामा निर्वाचित चौधरी बहालवाला पर्यटन, ग्रामिण तथा सहरी विकास मन्त्री हुन् ।

संस्थापन पक्षबाट डिल्ली चौधरी, राजु खनाल, अब्दुल रज्जाक र जन्मजय तिमिल्सिनाले संसदीय दलको नेतामा दाबी गरेको भएपनि अन्तिममा चौधरीको पक्षमा सर्वसम्मत सहमति जुटेको नेपाली कांग्रेस लुम्बिनी प्रदेशका प्रवक्ता समेत रहेका प्रदेशसभा सदस्य प्रचण्डविक्रम न्याैपानेले जानकारी दिए ।
लुम्बिनी प्रदेशमा संस्थापन इतरबाट वीरबहादुर राना र निमा गिरी आकांक्षी भएपनि उनीहरुले उम्मेदवारी नदिएपछि चौधरीलाई सहज भएको थियो ।

लुम्बिनी प्रदेश सभामा कूल ८७ सिटमध्ये प्रत्यक्षमा १७ र समानुपातिकमा १० गरी कांग्रेसका २७ जना प्रदेश सभा सदस्य रहेका छन् । प्रदेश सभामा कांग्रेसको संस्थापन पक्षकाे बहुमत रहेकोले पनि चाैधरी निर्वराेध निर्वाचित हुन सहज भएको हो ।

प्रकाशित मिति : सोमबार, पुष १८ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij