सत्ता गठबन्धनको बैठक बस्दै

सत्ता गठबन्धनको बैठक बस्दै

काठमाडौं – सत्ता गठबन्धनका दलका नेताहरुको बैठक आज बस्दै छ । बैठक बिहान १० बजे माओवादी केन्द्र संसदीय दलको कार्यालयमा बस्ने छ ।

बैठकमा पुस २६ गते प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसदमा लिने विश्वासको मत र प्रदेश सरकार गठनबारे छलफल हुने प्रचण्ड निकट स्रोतले बतायो । कुन प्रदेश सरकारको नेतृत्व कुन दलले गर्ने भन्ने विषयमा नेताहरुबीच सहमतिको प्रयास हुने बताइएको छ ।

प्रदेश १ मा मुख्य मन्त्रीमा दाबी गर्ने आज अन्तिम दिन हो । प्रदेश १ मा सबैभन्दा ठूलो दल एमाले र माओवादी केन्द्र दुवैले दाबी गर्दै आएका छन् । शीर्ष नेताहरुबीच भागबण्डा नमिलेकाले प्रदेश प्रमुखसमक्ष कसले दाबी प्रस्तुत गर्ने भन्ने विषय अन्यौल छ । यद्यपि प्रदेश १ मा सबैभन्दा ठूलो दल एमाले भएकाले उसैले मुख्यमन्त्री पाउने सम्भावना छ ।

यसैगरी बागमती र गण्डकी प्रदेश सरकारको नेतृत्वमा दाबी प्रस्तुत गर्ने म्याद भोलि २५ गतेसम्म छ । बागमतीमा एमाले, माओवादी र राप्रपाले मुख्यमन्त्रीमा दाबी गरेका छन् ।

प्रकाशित मिति : आइतबार, पुष २४ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij