यस्तो बन्यो नयाँ मन्त्रिपरिषद्, धेरैजसाे नयाँ अनुहार

यस्तो बन्यो नयाँ मन्त्रिपरिषद्, धेरैजसाे नयाँ अनुहार

काठमाण्डाै – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । गएकाे पुस १० गते प्रधानमन्त्रीमा नियुक्त हुनुभएका प्रचण्डले आज मङ्गलवार दोस्रो चरणमा मन्त्रिपरिषद् विस्तार गर्नुभएको हो ।

प्रधानमन्त्री प्रचण्डले गएकाे पुस ११ गते पद तथा गोपनीयताको शपथ लिँदै आठ सदस्यीय मन्त्रिपरिषद् बनाउनुभएको थियाे । आजको विस्तारपछि पनि मन्त्रिपरिषद् अझै पूर्ण बन्न सकेको छैन । वन तथा वातावरण र युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री आफैँले लिनुभएको छ ।

प्रधानमन्त्री प्रचण्डकाे मन्त्रिपरिषदमा धेरैजसाे नयाँ अनुहार समेटिएका छन् । राजनीतिमा स्थापित भए पनि अवसर नपाएका नयाँ र युवालाई मन्त्रिपरिषदमा समेटेर प्रधानमन्त्रीले सकारात्मक सुरुवात गर्नुभएको छ ।

नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनमत पार्टीका तर्फबाट सरकारमा सहभागिता रहेको छ । जनता समाजवादी पार्टीबाट पनि मन्त्रिपरिषदमा सहभागी हुने बताइए पनि अन्तिममा त्यस दलका तर्फबाट भने सहभागी भएनन् । गएकाे पुस ११ गते नै उपप्रधानमन्त्री एवम् अर्थ मन्त्रीमा विष्णु पौडेल, उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्रीमा नारायणकाजी श्रेष्ठ र उपप्रधानमन्त्री एवम् गृह मन्त्रीमा रवि लामिछानेले जिम्मेवारी सम्हालिसक्नु भएको छ । आजमात्रै उपप्रधानमन्त्री एवम् ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रीमा राजेन्द्रप्रसाद लिङ्देनले जिम्मेवारी सम्हाल्नुभएको छ ।

नवगठित मन्त्रिपरिषदमा रेखा शर्माले सञ्चार तथा सूचना प्रविधि, विक्रम पाण्डेले सहरी विकास, ज्वालाकुमारी साहले कृषि तथा पशुपक्षी विकास मन्त्रीको जिम्मेवारी पाउनुभएको छ । यस्तै दामोदर भण्डारी उद्योग वाणिज्य तथा आपूर्ति, राजेन्द्रकुमार राई भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण, अब्दुल खान खानेपानी, डा. विमला राई पौड्याल परराष्ट्र, पदम गिरी स्वास्थ्य तथा जनसङ्ख्या, भगवती चौधरी महिला बालबालिका तथा ज्येष्ठ नागरिक, हरिप्रसाद उप्रेती रक्षा, सुदन किराती संस्कृति पर्यटन तथा नागरिक उड्डयन, अमनलाल मोदी सङ्घीय मामिला तथा सामान्य प्रशासन, शिशिर खनाल शिक्षा विज्ञान तथा प्रविधि र डोलप्रसाद अर्याल श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बन्नुभएकाे छ ।

यस्तै धुब्रबहादुर प्रधानले कानुन न्याय तथा संसदीय मामिला मन्त्रीको जिम्मेवारी सम्हाल्दा सुशीला सिर्पाली ठकुरीले संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री, डा. तोसिमा कार्की स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री र दीपबहादुर सिंहले ऊर्जा जलस्रोत तथा सिँचाइ राज्यमन्त्रीको जिम्मेवारी पाउनुभएको छ ।

प्रकाशित मिति : मंगलबार, माघ ३ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij