पाकिस्तान : बम विस्फोटमा ज्यान गुमाउनेको सङ्ख्या ५९ पुग्यो

पाकिस्तान : बम विस्फोटमा ज्यान गुमाउनेको सङ्ख्या ५९ पुग्यो

पाकिस्तानको उत्तर पश्चिमी सहर पेशावरमा भएको शक्तिशाली बम विस्फोटमा परेर ज्यान गुमाउनेको सङ्ख्या ५९ जना पुगेको छ । घटनामा १ सय ५० जनाभन्दा धेरै मानिस घाइते भएका छन् । उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

हिजो दिउँसो पेशावरको एक मस्जिदमा प्रार्थनाको समयमा बम विस्फोट भएको थियो । गएको नोभेम्बरमा युद्धविराम भङ्ग गरेको पाकिस्तानी तालिबानले यो विस्फोट गराएको जनाएको बीबीसीले उल्लेख गरेको छ । प्रधानमन्त्री शहबाज शरिफले घटनाको निन्दा गरी उनीहरुको इस्लामसँग कुनै साइनो नहुने बताउनुभएको छ ।

पछिल्लो घटनासँगै राजधानी इस्लामावादमा पनि सुरक्षा सतर्कता बढाइएको छ ।

प्रकाशित मिति : मंगलबार, माघ १७ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij