दीपक घिमिरे
रुपन्देही २१ माघ । प्रथम तिलोत्तमा पुरुष डबल भेट्रान्स व्याडमिनटन प्रतियोगिता शुरु भएको छ । तिलोत्तमा नगरपालिकाको आयोजना तथा मधवलिया व्याडमिन्टन क्लवको व्यवस्थापनमा प्रतियोगिता शुरु भएको हो ।
प्रतियोगितामा नगर भित्रका १६ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको नगरपालिकाकी उपप्रमुख जागेश्वरदेवि चौधरीले उद्घाटन गर्नु भयो ।
४५ बर्ष माथिका युवाहरुलाई व्याडमिन्टन प्रतियोगितामा सहभागि बनाउन तथा उनीहरुको सम्मानको लागि प्रतियोगिताको आयोजना गरिएको उपप्रमुख चौधरीले उल्लेख गर्नु भयो ।
उहाँले ४०÷४५ बर्ष मुनिका युवाहरु मात्रै खेल प्रतियोगितामा हुन्छन् भन्ने धारणाको अन्त गर्नुका साथै ४५ बर्ष माथिका व्यक्तिलाई खेल क्षेत्रमा सहभागिता बढाउनका लागि प्रतियोगिताले महत्वपुर्ण योगदान पु¥याउने बताउनु भयो ।
प्रतियोगितामा बिजय टिमलाई पुरस्कार स्वरुप नगद तथा ट्रफिको व्यवस्थापन गरिएको क्लवका अध्यक्ष केशवसिंह चौधरीले जानकारी दिनुभयो । उहाँले प्रथम हुने टिमलाई २५ हजार, द्धतियलाई १५ हजार र तृतियलाई १० हजार सहित ट्रफि पाउने बताउनु भयो ।
क्लवले उक्त प्रतियोगितालाई नियमित रुपमा सञ्चालन गर्ने योजना बनाएको अध्यक्ष चौधरीले उल्लेख गर्नु भयो । रक्षा सिंहले सञ्चालन गर्नु भएको खेल कार्यक्रमको संयोजन होमकुमार गुरुङले गर्नु भएको थियो ।
प्रकाशित मिति : शनिबार, माघ २१ २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्