काठमाण्डाै – राष्ट्रिय सभाको उपाध्यक्षमा नेकपा माओवादी केन्द्रकी सांसद उर्मिला अर्याल निर्विरोध निर्वाचित हुनुभएको छ । सोमवार आज बसेको राष्ट्रिय सभाको बैठकले उहाँलाई उपाध्यक्षमा निर्वाचित गरेको हो । राष्ट्रिय सभाको उपाध्यक्षका लागि एउटा मात्रै प्रस्ताव परेकाले उहाँ निर्विरोध निर्वाचित हुनुभएको हो ।
बैठकमा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रिय सभाको उपाध्यक्ष पदमा निर्वाचित गरियोस् भनि एउटा मात्रै प्रस्तावकाे सूचना प्राप्त भएकाले राष्ट्रिय सभा नियमावली २०७५ को नियम ८ बमोजिम सभाका माननीय सदस्य उर्मिला अर्याललाई राष्ट्रिय सभाको उपाध्यक्ष पदमा निर्विरोध निर्वाचित हुनुभएको घोषणा गर्नुभयो ।
राष्ट्रिय सभाको अर्को बैठक आजै बस्दैछ।
प्रकाशित मिति : सोमबार, माघ २३ २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्