महाधिवेसनको बर्ष दिन पछि माओवादीले दियो केन्द्रीय समितिलाई पुर्णता

महाधिवेसनको बर्ष दिन पछि माओवादीले दियो केन्द्रीय समितिलाई पुर्णता

काठमाडौं । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्रले पदाधिकारीसहित स्थायी समिति, केन्द्रीय समिति र वैकल्पिक केन्द्रीय समितिलाई पूर्णता दिएको छ ।

गत बुधवार बसेको स्थायी कमिटी बैठकले पार्टी महाधिवेसन सम्पन्न भएको एक बर्ष पछि केन्द्रिय समितिलाई पुर्णता दिएको छ । जसअनुसार २२ सदस्यीय पदाधिकारी, ४४ सदस्यीय स्थायी समिति तथा ३८६ सदस्यीय केन्द्रीय समिति चयन भएका छनु ।

साथै, बैठकले पूर्वसभामुख अग्नि सापकोटा र पम्फा भुसाललाई उपाध्यक्षमा मनोनीतसमेत गरेको छ ।

यस्तै बैठकले २०२ सदस्यीय वैकल्पिक केन्द्रीय समिति पनि मनोनयन गरेको छ । केन्द्रिय समितिले पुर्णता पाएसँगै आजै केन्द्रिय समिति बैठक पनि आब्हान गरिएको छ ।

प्रकाशित मिति : बिहिबार, माघ २६ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij