काठमाण्डाै – राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकले घरदैलोमा नै सरकार छ भन्ने अनुभूति गर्न सक्ने गरी सेवा प्रवाहको व्यवस्था मिलाउनुपर्ने बताउनुभएको छ ।
शुक्रवार सङ्घीय संसद्का संयुक्त बैठकलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, ‘नागरिकले घरदैलोमा नै सरकार छ भन्ने अनुभूति गर्न सक्ने गरी सेवा प्रवाहको व्यवस्था मिलाउनुपर्छ ।’ नागरिकमा राज्यको उपस्थिति छ भन्ने देखाउन सार्वजनिक सेवा प्रवाह चुस्त दुरुस्त हुनुपर्ने उहाँले बताउनुभयो ।
राष्ट्रपति भण्डारीले किसानले मल अभाव झेल्ने समस्याको अन्त्य गर्न समयमै रासायनिक मल उपलब्ध गराइनुपर्ने बताउनुभयो । उहाँले निश्चित खाद्यवस्तु तोकेर त्यसमा आत्मनिर्भर बन्नेतर्फ योजना बनाइनुपर्ने बताउनुभयो ।
राष्ट्रपति भण्डारीले संविधान र कानुनले प्रत्याभूति गरेका विषयहरू पूर्णरूपमा अवलम्बन गर्न अझै बाँकी रहेको पनि बताउनुभयाे ।
प्रकाशित मिति : शुक्रबार, माघ २७ २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्