आज ‘भ्यालेन्टाइन्स् डे’ अर्थात् प्रणय दिवस

आज ‘भ्यालेन्टाइन्स् डे’ अर्थात् प्रणय दिवस

काठमाण्डाै – आज फेब्रुअरी १४ तारिख । भ्यालेन्टाइन्स् डे अर्थात् प्रणय दिवस । युवापुस्ताले १४ फेब्रुअरीको दिनलाई प्रेम सम्बन्ध प्रगाढ बनाउने अवसरका रूपमा लिएका छन् । पश्चिमी देशहरुमा मनाइने प्रणय दिवसलाई पछिल्ला केही वर्षयता नेपालमा पनि उत्साहपूर्वक मनाउने गरिएको छ ।

पहिले पहिले सहरी क्षेत्रमा मात्रै प्रणय दिवस मनाउने गरिए पनि आधुनिक प्रविधिको पहुँच बढेसँगै गाउँघरमा पनि यो दिवसको चर्चा हुन थालेको छ । आजको दिन आफूलाई मन परेका व्यक्ति र माया गर्नेलाई रातो गुलाफ र विभिन्न उपहार दिने चलन छ ।

भ्यालेन्टाइन्स् डे को सुरुवात सन् २६९ मा इटलीको रोमनबाट सुरु भएको मानिन्छ । सम्राट क्लाउडिअसले एक जोडीलाई विवाहमा प्रतिबन्ध लगाएपछि यस विरुद्ध उभिएका पादरी भ्यालेन्टाइनको बलिदानको सम्मानमा प्रणय दिवस मनाउने गरिएको हो ।

आफ्नै अभियानविरुद्ध गतिविधि सह्य नभएपछि सम्राटले पादरीलाई पक्राउ गरी सन् २६९ को फेब्रुअरी १४ तारिखमा मृत्युदण्डको सजाय दिएका थिए । प्रेमका लागि भ्यालेन्टाइनकाे यही बलिदानको सम्मानमा भ्यालेन्टाइन्स् डेका रूपमा मनाउन थालिएको हो ।

प्रकाशित मिति : मंगलबार, फाल्गुन २ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij