काठमाण्डाै – आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपालले स्कटल्यान्डमाथि सानदार जित निकालेकाे छ । स्कटल्यान्डले दिएकाे २ सय ७५ रनकाे लक्ष्य नेपालले ४७ ओभरमा ७ विकेट गुमाएर भेटायाे ।
नेपालका लागि दीपेन्द्रसिंह ऐरी र कुशल मल्लले उत्कृष्ट ब्याटिङ गरे । कुशल ६७ बलमा ८१ रन बनाएर आउट भए भने दीपेन्द्रले १ सय १६ बलमा नटआउट ८५ रन बनाए । यस्तै साेमपाल कामीले नटआउट २४ रन बनाए । बलिङतर्फ स्कटल्यान्डका क्रिस साेल र मार्क वाटले ३/३ विकेट लिए ।
यसअघि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङ गरेको स्कटल्यान्डले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ७४ रन बनायो । स्कटल्यान्डका लागि माइकल लिस्कले ८५ बलमा १ सय ७ रन बनाए । एकदिवसीय अन्तर्राष्ट्रियमा उनको यो पहिलो शतक हो । यस्तै आजको खेलमा डेब्यु गरेका ज्याक जार्किभले २६ रन बनाए । ब्राण्डन म्याकमुलान र क्रिटोफर म्याकमुलनले समान २२ रन बनाए ।
बलिङतर्फ नेपालका सन्दीप लामिछानेले ३ विकेट लिए । त्यस्तै कुशल मल्लले २ तथा सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेलले समान १/१ विकेट लिए ।
याे जितसँगै नेपाल २६ खेलमा २२ अङ्कसहित तालिकाकाे छैटौँ स्थानमा छ । स्कटल्यान्ड ३४ खेलमा ४८ अङ्कका साथ शीर्ष स्थानमा यथावत् छ । नेपालले शृङ्खलामा भाेलि शनिवार नामिबियासँग र आउँदाे मङ्गलवार फेरि स्कटल्यान्डसँग खेल्नेछ ।
प्रकाशित मिति : शुक्रबार, फाल्गुन ५ २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्