JanataToday.com

Advertisment

SKIP THIS

आइसिसी विश्वकप लिग टू’मा नेपालको लगातार तेस्रो जित

आइसिसी विश्वकप लिग टू’मा नेपालको लगातार तेस्रो जित

काठमाडाैं :तीन खेलाडीको अर्ध सतकीय बिस्फोटक ब्याटिङसंगै आईसीसी विश्वकप लिग टूमा नेपालले लगातार तेस्रो जित निकालेको छ। आज भएको खेलमा नामिबियालाई ३ विकेटले हराउँदै नेपालले अपराजित यात्रा कायम राखेको हो।

 

 

जितका लागि नामिबियाले दिएको २ सय ७५ रनको लक्ष्य नेपालले ४७ दशमलब ३ ओभरमा ७ विकेट गुमाएर पुरा गर्यो। नेपालको जितमा ज्ञानेन्द्र मल्ल,आशिफ शेख र कुशल मल्लले अर्ध सतकिय पारी खेले। तेस्रो ओभरको पहिलो बलमै ओपनरका रुपमा आएका कुशल भुर्तेल एक रनमा आउट भएपछि दबामा आएको नेपालको ईनिङ्स  मल्ल र शेखको जोडीले उकासेका थिए। यी जोडीले किर्तिमानी शतकिय साझेदारीसमेत गरे।

आशिफ शेख ८१ रन बनाएर आउट हुँदा ज्ञानेन्द्र मल्ल ६५ रनमा पेभेलियन फर्किएका थिए। कुशल मल्लले ६२ रन जोडे। एकदिवसीय अन्तराष्ट्रियमा कुशलको यो तेस्रो अर्धशतक हो। यस्तै कप्तान रोहित पौड्यालले ३९ रन जोडे। बलिङतर्फ नामिबियाका रुबेन ट्रम्पलम्यानले सर्बाधिक ३ तथा बर्नार्ड स्कोलाजले २ विकेट लिए।त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नामिबियाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर २ रन ७४ रन बनाएको थियो।

नामिबिका जान ग्रिनले अबिजित रहँदै सर्बाधिक ७५ रनको योगदान गर्दा पीकीं या फ्रान्सले ४९ रन जोडे। लोहार्ड लौरेन्सले ४१ तथा माईकल भानले २२ रनको योगदान गरे।

बलिङतर्फ सन्दीप लामिछानेले सर्बाधिक ३ विकेट लिँदै विश्वकप लिग टू मा ५० विकेट पूरा गर्ने नेपालका पहिलो खेलाडी बनेका छन्।नामिबियाको यो तेस्रो हार हो। पहिलो खेलमा नामिबिया नेपालसंग २ विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा स्कटल्याण्डसंग १० विकेटले पराजित भएको थियो।

प्रकाशित मिति : शनिबार, फाल्गुन ६ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij