JanataToday.com

Advertisment

SKIP THIS

रूपन्देही सुपरलिगः सैनामैना डिभिजन ‘ए’मा

रूपन्देही सुपरलिगः सैनामैना डिभिजन ‘ए’मा

 

भैरहवा

भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपरलिग क्रिकेट प्रक्रियोगितामा सैनामैना क्रिकेट क्लब डिभिजन ‘बी बाट ‘ए’मा प्रवेश गरेको छ । बुधबार भएको डिभिजन ‘बी’को खेलमा साई ग्लोबल एकेडेमीलाई ६ विकेटले पराजित गर्दै सैनामैना ‘ए’ डिभिजनमा प्रवेश गरेको हो ।

सिद्धार्थ रंगशालामा टस जितेर ब्याटिङ रोजेको साई ग्लोबलले निर्धारित ५० ओभरको खेलमा ४०.१ ओभरमा सबै विकेट गुमाउँदै १ सय ५० रनको मध्ययम स्कोर बनायो । उसका लागि अभिजित ज्ञवालीले ५६, सुरज यादवले १६, ऋषि रानाले १२ र आषिश रोक्काले १० रन बनाए । बलिङमा सैनामैनाका करण विक र सन्जु बोहराले समान ३–३ तथा सुनिल पौडेल, अशोक विक र गणेश गौतमले समान १–१ विकेट लिए ।

प्रतिउत्तरमा १ सय ५१ रनको सामान्य लक्ष्य पछ्याएको सैनामैनाले २३.१ ओभरमा ४ विकेटको क्षतिमा लक्ष्य भेट्टायो र जित निकाल्यो । उसको जितमा सन्जु बोहराले नटआउट ४२, विशाल रानाले ३१, गणेश घिमिरेले २९ र करण विकले नटआउट १९ रनको योगदान दिए । बलिङमा साई ग्लोबलका राहुल थापाले २ तथा अनिल यादव र विवेक कोहाँरले १–१ विकेट लिए । सैनामैनाका सन्जु बोहरा म्यान अफ द म्याच भई एक हजार रुपैयाँबाट पुरस्कृत भएको आयोजक संस्था रुपन्देही क्रिकेट संघका उपाध्यक्ष एवं प्रतियोगिता संयोजक धिरज अधिकारीले बताए ।

चैत्र ३ गतेसम्म चल्ने प्रतियोगितामा ए डिभिजनका ८ र बी डिभिजनका १२ गरी २० टिमको सहभागिता छ । प्रतियोगितामा बिजेताले १ लाख रुपैयाँ र ट्रफी तथा उपबिजेताले ५० हजार र ट्रफी प्राप्त गर्नेछन् । प्रतियोगितामा म्यान अफ द सिरिजले १५ हजार रुपैयाँ, बेस्ट ब्याट्सम्यान, बेस्ट बलर र उदयीमान खेलाडीले जनही ५ हजार रुपैयाँ तथा प्रत्येक खेलेको म्यान अफ द म्याचले १ हजार रुपैयाँ प्राप्त गर्ने छन् ।

प्रतियोगिताको प्रमुख प्रायोजकमा नेपाल टेलिकम तथा संरक्षकमा सिद्धार्थनगर नगरपालिका छन् । प्रतियोगिता बिजेता पुरस्कार एभरेस्ट कत्था मिल तथा उपबिजेता पुरस्कार रुपन्देही क्रिकेट संघका संस्थापक अध्यक्ष एवं विके ज्वेलर्सका प्रबन्ध निर्देशक प्रेमकुमार सेन्चुरीले सौजन्य गरेका छन् ।

प्रकाशित मिति : बुधबार, फाल्गुन १० २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij