राष्ट्रपतिमा रामचन्द्र पौडेललाई मतदान गर्ने एकीकृत समाजवादीकाे निर्णय

राष्ट्रपतिमा रामचन्द्र पौडेललाई मतदान गर्ने एकीकृत समाजवादीकाे निर्णय

काठमाण्डाै – नेकपा (एकीकृत समाजवादी) ले राष्ट्रपतिमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेललाई मतदान गर्ने भएको छ ।

कांग्रेस नेतृत्वको आठ दलीय गठबन्धनमा आबद्ध रहेकाे एकीकृत समाजवादीकाे बुधवार बसेको सचिवालय बैठकले राष्ट्रपति चुनावमा कांग्रेस वरिष्ठ नेता पौडेललाई मतदान गर्ने औपचारिक निर्णय गरेको हो । आठ दलका साझा उम्मेदवार पौडेललाई राष्ट्रपति चुनावमा मतदान गर्ने एकमात्रै निर्णय बैठकले गरेको पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिनुभयाे ।

उहाँका अनुसार बैठकमा देशमाे पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल भए पनि सरकारमा जाने विषय भने प्रवेश गराइएन । सरकारमा जाने विषयमा पार्टी सकारात्मक भए पनि समय आइनसकेकाले त्यस विषयमा छलफल नभएको प्रवक्ता खतिवडाको भनाइ थियो ।

उहाँले भन्नुभयो, ‘आठ दलका राष्ट्रपति पदका साझा उम्मेदवार रामचन्द्र पौडेलज्यूलाई हाम्रो पार्टीले मतदान गर्ने निर्णय गरेकाे छ । सरकारमा जाने विषयमा सकारात्मक छौँ । त्यसमा जाने बेलामा हामी छलफल गर्छाैँ ।’

राष्ट्रपतिको चुनाव यही फागुन २५ गते हुँदैछ । त्यसका लागि कांग्रेससहितका आठ दलको तर्फबाट रामचन्द्र पौडेलले उम्मेदवारी दिनुभएको छ भने एमालेबाट पार्टीका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ राष्ट्रपतिको उम्मेदवार बन्नुभएको छ ।

प्रकाशित मिति : बुधबार, फाल्गुन १७ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij