JanataToday.com

Advertisment

SKIP THIS

रुपन्देही सुपरलिगः न्यु होराइजन विजयी

रुपन्देही सुपरलिगः न्यु होराइजन विजयी

 

भैरहवा

रुपन्देही क्रिकेट संघको आयोजनामा भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपरलिग क्रिकेट प्रतियोगिता अन्तर्गत डिभिजन ‘ए’ को शुक्रबारको खेलमा न्यु होराइजन क्रिकेट क्लब विजयी भएको छ । न्यु होराइजनले बुटवल राइनोजलाई २६ रनले पराजित गर्दै जित निकाल्न सफल भएको हो ।

सिद्धार्थ रंगशालामा टस जितेर ब्याटिङ गरेको न्यु होराइजनले निर्धारित ५० ओभरको खेलमा ३६.३ ओभरमा सबै विकेटको नोक्सानीमा १ सय ३८ रनको सामान्य योगफल बनायो । उसका लागि संगम पाण्डेले ४५, अमर मिश्राले २४ र राहुल भण्डारीले १५ रन बनाए । बलिङमा बुटवलका सुन्दर आलेले ४, शिव कुँवरले २ तथा अमर श्रेष्ठ, दामोदर मरासिनी र अलदीप क्षेत्रीले समान १–१ विकेट लिए ।

जवाफी व्याटिङ गरेको बुटवल राइनोज ३३.२ ओभरमा सबै विकेट गुमाउँदै १ सय १२ रनमै समेटियो र हार व्यहोर्यो । उसलाई सस्तैमा रोक्न ८.२ ओभर बलिङ गरेका न्यु होराइजनका विप्रशन केसीले १ मेर्डन राख्दै १७ रन खर्चेर ५ विकेट लिए । यस्तै, शुभम खनाल र अमर मिश्राले समान २–२ विकेट लिए ।

बुटवलका सोहन भण्डारीले २७, शिव कुँवरले २१, दीपेश रोक्का र अरविन सारुमगरले १०–१० रन बनाए पनि अन्य ब्याट्सम्यानले दोहोरो अंक बटुल्न सकेनन् र टिम पराजित भयो । न्यु होराइजनका विप्रशन केसी म्यान अफ द म्याच भई एक हजार रुपैयाँबाट पुरस्कृत भएको आयोजक संस्था रुपन्देही क्रिकेट संघका उपाध्यक्ष एवं प्रतियोगिता संयोजक धिरज अधिकारीले जानकारी दिए ।

चैत्र ३ गतेसम्म चल्ने प्रतियोगितामा बिजेताले १ लाख रुपैयाँ र ट्रफी तथा उपबिजेताले ५० हजार र ट्रफी प्राप्त गर्नेछन् । प्रतियोगितामा म्यान अफ द सिरिजले १५ हजार रुपैयाँ, बेस्ट ब्याट्सम्यान, बेस्ट बलर र उदयीमान खेलाडीले जनही ५ हजार रुपैयाँ तथा प्रत्येक खेलेको म्यान अफ द म्याचले १ हजार रुपैयाँ प्राप्त गर्ने छन् ।

प्रतियोगिताको प्रमुख प्रायोजकमा नेपाल टेलिकम तथा संरक्षकमा सिद्धार्थनगर नगरपालिका छन् । प्रतियोगिता बिजेता पुरस्कार एभरेस्ट कत्था मिल तथा उपबिजेता पुरस्कार रुपन्देही क्रिकेट संघका संस्थापक अध्यक्ष एवं विके ज्वेलर्सका प्रबन्ध निर्देशक प्रेमकुमार सेन्चुरीले सौजन्य गरेका छन् ।

प्रकाशित मिति : शुक्रबार, फाल्गुन २६ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij