JanataToday.com

Advertisment

SKIP THIS

२२ औं तिलोत्तमा गोल्डकपको उपाधि मनाङ मस्याङदीलाई

२२ औं तिलोत्तमा गोल्डकपको उपाधि मनाङ मस्याङदीलाई

बुटवल
बुटवलमा जारी २२ औं तिलोत्तमा गोल्डकपको उपाधि मनाङ मस्याङदी क्लव उचालेको छ । एन्फा टेक्निकल सेन्टरमा शनिबार भएको फाईनल प्रतियोगितामा सुदुरपश्चिम ११ लाई सडन डेथमा पराजित गर्दै मनाङ मस्याङदी क्लवले २२ औं संस्करणको उपाधि उचालेको हो । उपाधिसंगै मनाङ मस्याङदी क्लवले नगद ११ लाख ११ हजार १११ रुपैयाँ प्राप्त गरेको छ । उपाधि चुम्न नसकेको सुदुरपश्चिम ११ ले भने ६ लाख ६६ हजार ६११ प्राप्त गरेको छ ।
त्यस अघि भएको खेलमा दुवै टिमबाट १/१ गोल भएको थियो ।

५८ औं मिनेटमा कोफिट टोमिटेले गोल गर्दै मनाङ मस्याङदी क्लव लाई अग्रता बनाएपनि त्यो अग्रता लामो समय टिक्न सकेन । खेलको ७० औं मिनेटमा सुदुरपश्चिम ११ का लागि फागुराम थारुले गोल गर्दै खेललाई १–१ बराबरीमा पुराएका थिए । त्यसपछिको समयमा कुनै पनि थप गोल हुन सकेन र खेलको निर्णय पेनाल्टी मार्फत लिइएको थियो । पेनाल्टी पनि बराबरी भएपछि खेल सडन डेथमा पुगेको थियो ।

प्रकाशित मिति : शनिबार, चैत्र ११ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij