काठमाण्डाै – पछिल्लो २४ घण्टामा देशभर ९९ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ । एक हजार छ सय ३५ नमुनामध्ये एक सय ७७ जनाको पीसीआर परीक्षण गर्दा ४१ र एक हजार चार सय ५८ जनाको एन्टिजेन परीक्षण गर्दा ५८ गरी ९९ जनामा सङ्क्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यही अवधिमा थप २६ जना सङ्क्रमित निको भएका छन् । कोरोनाको सक्रिय सङ्क्रमितको सङ्ख्या तीन सय ७३ जना पुगेको छ । सङ्क्रमितमध्ये चार जनालाई आईसीयूमा र एक जनालाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।
यसैबीच २४ घण्टामा १७ हजार छ सय ६६ जनाले काेराेनाविरुद्धकाे खाेप लगाएका विवरण प्राप्त भएकाे स्वास्थ्य मन्त्रालयले जनाएकाे छ ।
प्रकाशित मिति : शुक्रबार, चैत्र २४ २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्