JanataToday.com

Advertisment

SKIP THIS

एसीसी प्रिमियर कप क्रिकेट आजदेखि : नेपालले मलेसियासँग खेल्दै

एसीसी प्रिमियर कप क्रिकेट आजदेखि : नेपालले मलेसियासँग खेल्दै

काठमाण्डाै – एसियाली क्रिकेट काउन्सिल एसीसी प्रिमियर कप क्रिकेट आजदेखि नेपालमा सुरु हुँदैछ । नेपालसहित १० वटा देशले खेल्ने प्रतियोगिताका खेलहरु त्रिवि क्रिकेट मैदान र मूलपानी क्रिकेट मैदानमा हुनेछन् । पहिलो खेलमा नेपालले आज मलेसियासँग खेल्दैछ ।

खेल बिहान साढे ९ बजे त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ । मलेसियासँगका पछिल्ला ५ वटा खेलमध्ये नेपाल सबैमा विजयी भएको छ ।

आज हुने अर्को खेलमा हङकङ र सिङ्गापुरले मूलपानी मैदानमा खेल्नेछन् । प्रिमियर कपको समूह ‘ए’ मा नेपाल, ओमान, कतार, मलेसिया र साउदी अरब र समूह ‘बी’ मा यूएई, हङकङ, कुवेत, सिङ्गापुर र बहराइन छन् ।

नेपालले तीन खेल कीर्तिपुर मैदानमा र एउटा खेल मूलपानीमा खेल्नेछ । नेपालले दोस्रो खेल वैशाख ८ गते ओमानसँग खेल्नेछ । नेपालले साउदी अरबसँग वैशाख ११ गते मूलपानीमा खेल्नेछ । त्यस्तै, वैशाख १४ गते कतारसँग नेपालको खेल हुनेछ ।

सेमिफाइनल वैशाख १६ गते र फाइनल वैशाख १८ गते हुनेछ । एसीसी प्रिमियर प्रतियोगिताको विजेता टोलीले आउँदो सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया कप खेल्न पाउनेछ । शीर्ष तीन टोलीले जुलाईमा हुने एसीसी इमर्जिङ टिम्स एसिया कप खेल्न पाउनेछन् ।

प्रकाशित मिति : मंगलबार, बैशाख ५ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij