काठमाण्डाै – एसीसी प्रिमियर कप क्रिकेटमा नेपालले आज साउदी अरेबियासँग खेल्दै छ । खेल बिहान ९ बजे मूलपानी मैदानमा हुनेछ ।
नेपाल आज साउदी अरेबियालाई हराएर एक खेल अगावै सेमिफाइनलमा स्थान बनाउन चाहन्छ । प्रतियोगितामा अहिलेसम्म दुई खेल खेलेको नेपाल दुवैमा जित निकाल्दै समूह ‘ए’ को शीर्ष स्थानमा छ । साउदी अरेबिया चौथो स्थानमा छ । समूह ‘ए’ मा नेपालसहित ओमान, मलेसिया, साउदी अरेबिया र कतार छन् ।
यस्तै, आज समूह ‘बी’ का बहराइन र हङकङ पनि खेल्दै छन् । यो खेल कीर्तिपुर मैदानमा बिहान ९ बजे नै हुनेछ । समूह ‘बी’ मा रहेको हङकङ शीर्ष स्थानमा छ । यो समूहमा हङकङसहित युनाइटेड अरब इमिरेट्स, बहराइन, कुवेत र सिङ्गापुर रहेका छन् ।
हरेक समूहमा शीर्ष स्थानमा रहने दुई टोलीले सेमिफाइनल खेल्ने छन् । फाइनलको विजेता टोली एसिया कपका लागि छनोट हुनेछ । एसिया कप आउँदाे सेप्टेम्बरमा हुँदैछ ।
प्रकाशित मिति : सोमबार, बैशाख ११ २०८०
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्