काठमाण्डाै
नेपाली कांग्रेसका सांसदहरूले आउँदाे बजेटमा उत्पादन वृद्धि, रोजगारी र कृषि क्षेत्रलाई प्राथमिकता दिनुपर्नेमा कांग्रेस सांसदहरूकाे जाेड दिएका छन् ।
आज बसेकाे नेपाली कांग्रेसको संसदीय दलको बैठकमा सांसदहरुले आउँदाे वर्षको बजेटमा शिक्षा, स्वास्थ्य, रोजगारी, पिछडिएका वर्ग, समुदाय र ठाउँ केन्द्रित कार्यक्रम ल्याउन सुझाव दिएका हुन् ।
हिजाे साेमवारदेखि संघीय संसद् भवनमा सुरु भएकाे पार्टीको संसदीय दलको बैठकमा सांसदहरुले अर्थमन्त्री डा.प्रकाशशरण महतलाई जनतामुखी बजेट निर्माण गर्नुपर्ने सल्लाह दिएका हुन् । बैठकपछि आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रमुख सचेतक रमेश लेखकले बैठक आउँदाे वर्षको बजेट निर्माण प्रक्रियामा नै केन्द्रित भएको जानकारी दिए
उनले सानो पुँजीबाट पनि कसरी जनतामुखी कार्यक्रम र योजना ल्याउन सकिन्छ भन्ने विषयमा छलफल भएको बताए ।
बजेटका सिद्धान्त, प्राथमिकता र आधारका बारेमा सांसदहरुले आफ्नो राय दिएको र पछि परेका समुदाय, वर्गलाई लक्षित गरेर बजेट निर्माण गर्ने प्राय सांसदहरुले माग राखेको उनलेे बताए । उनका अनुसार महिला, आदिवासी, जनजाति दलित, पिछडिएको क्षेत्र, पिछडिएको वर्ग, युवा लगायतका क्षेत्रमा बजेट केन्द्रित हुनुपर्ने सांसदहरुले सुझाव दिएका छन् ।
बैठकमा अर्थमन्त्री महतले जनमुखी बजेट ल्याउने र रोजगार, शिक्षा, स्वास्थ्य, पूर्वाधार, उत्पादन वृद्धि र बजार विस्तारमा सहज हुनेगरी बजेट निर्माण गर्ने प्रतिबद्धता जनाएको पनि प्रमुख सचेतक लेखकले बताए ।
प्रकाशित मिति : मंगलबार, बैशाख १२ २०८०
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्