पश्चिमी वायुवको प्रभाब : लुम्बिनीसहित देशका अधिकांश स्थानमा वर्षा

पश्चिमी वायुवको प्रभाब : लुम्बिनीसहित देशका अधिकांश स्थानमा वर्षा

file

काठमाण्डाै – पश्चिमी क्षेत्रमा हिजोदेखि नै पानी परिरहेको छ । गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा पानी पर्ने र रोकिने क्रम चलिरहेको मौसमविद् गंगा नगरकोटीले जानकारी दिनुभयो ।

काठमाण्डौमा भने हिजो बेलुका पछि पानी पर्न रोकिएको छ । तर, आज पनि हिजोको जस्तै गरी पानी पर्ने सम्भावना रहेको मौसमविद् नगरकोटीले बताउनुभयो । उहाँका अनुसार आज काठमाण्डौसहित देशका धेरै ठाउँमा वर्षाको सम्भावना छ ।

काठमाण्डौ उपत्यकामा दिउँसो पछि मेघगर्जन र चट्याङसहित पानी पर्ने अनुमान छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो २० घण्टाको तथ्याङ्कअनुसार सबैभन्दा धेरै वर्षा काठमाण्डौ उपत्यकामा भएको छ ।  उपत्यकामा यो अवधिमा ४३ मिलिमिटर पानी परेको तथ्याङ्कले देखाएको छ ।

पश्चिमीसँगै स्थानीय वायु सक्रिय हुँदा देशभरको मौसम बदली भएको छ । हिजोदेखि धेरै ठाउँमा पानी परिरहेको छ । भोलि पनि केही ठाउँमा मेघगर्जन, चट्याङसहित वर्षाको सम्भावना छ । भोलि मधेस प्रदेशका एक/ दुई ठाउँमा हावाहुरी चल्ने अनुमानसमेत रहेको मौसमविद् गंगा नगरकोटीले जानकारी दिनुभयो ।

प्रकाशित मिति : आइतबार, बैशाख १७ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij