संवैधानिक परिषद्को बैठक सिंहदरबारमा शुरु

संवैधानिक परिषद्को बैठक सिंहदरबारमा शुरु

काठमाडौं : संवैधानिक परिषद्को बैठक सिंहदरबारमा शुरु भएको छ। प्रधानमन्त्री एवं परिषद्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले परिषद्‌को बैठक बोलाएका हुन्।

 

 

आजको बैठकले प्रधानन्यायाधीश नियुक्तिका सम्बन्धमा छलफल गर्ने बताइएको छ। यसअघि वैशाख ६ गते बसेको परिषद्‍को बैठकमा छलफल भए पनि प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिश हुन सकेको थिएन।

परिषद्को बैठक बोलाउने विषयमा शनिबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल र विपक्षी दलका नेता केपी ओलीबीच सहमति भएको थियो। परिषद्‌को आजको बैठक अघिल्लो बैठककै निरन्तरता भएको र अन्य कार्यसूचीबारे केही बताइएको छैन।

सर्वोच्च अदालत लामो समयदेखि कायममुकायम प्रधानन्यायाधीशको नेतृत्वमा रहेको छ। यसैले संवैधानिक परिषद्‍लाई प्रधानन्यायाधीश नियुक्ति गर्नुपर्ने दबाब छ।

परिषद्को सिफारिशलाई संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि प्रधानन्यायाधीश नियुक्त हुने संवैधानिक व्यवस्था छ।

प्रकाशित मिति : सोमबार, बैशाख २५ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij