भ्रष्टाचारविरुद्ध आज देशभर प्रदर्शन

भ्रष्टाचारविरुद्ध आज देशभर प्रदर्शन

काठमाडौं – भ्रष्टाचारविरुद्ध काठमाडौंसहित देशभर शनिबार प्रदर्शन गरिँदैछ । ‘भ्रष्टाचारविरुद्ध एक हौँ’ भन्ने अभियानले दिउँसो काठमाडौं, भैरहवा, पोखरा, सिन्धुलीलगायतका स्थानमा प्रदर्शन गर्न लागेको हो।

 

काठमाडौंको नक्साल नारायणचौरमा दिउँसो साढे १२ बजे प्रदर्शन गर्ने तयारी छ। कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पनि सहभागी हुने छन्। उनले पार्टीगत रूपमा नभई सचेत नागरिकका रूपमा सहभागी हुन लागेको भन्दै रास्वपाका समर्थकलाई पनि पार्टीको झण्डा नबोकी कार्यक्रममा सहभागी हुन आग्रह गरेका छन्।

नक्कली भुटानी शरणार्थी प्रकरणम राजनीति र प्रशासन क्षेत्रका हाइप्रोफाइल व्यक्ति पक्राउ परेसँगै राजनीतिक क्षेत्र तरंगित बनेको छ। यो प्रकरणसँगै भ्रष्टाचार काण्डको निष्पक्ष अनुसन्धान र छानबिनका लागि दबाब दिन नागरिक स्तरबाट दबाबमूलक अभियान शुरु भएको हो।

प्रकाशित मिति : शनिबार, बैशाख ३० २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij