सार्वजनिक प्रयोजन बाहेक कुनै पनि एैलानी जग्गाबाट विभिन्न बहानामा माटो तथा नदिजन्य पदार्थ निकाल्न नपाईने र भए अवैध हुने जिल्ला समन्वय समितिका अध्यक्ष उमाकान्त चापागाईको भनाई छ । सरकारी प्रयोजनका लागी आईई भैसके पछि मात्र एैलानी जग्गाबाट माटो उत्खनन् गर्न पाईने र मेयर र प्रमुख प्रशासकीयको हस्ताक्षर हुने गरि अनुमति पत्र पालिकाले दिन मिल्ने कानुनी ब्यवस्था भएता पनि वडा कार्यालयले कानुन विपरित अनुमति दिईरहेको प्रति गम्भीर ध्याकार्षण भएको चापागाईले उल्लेख गरेका छन् ।
रुपन्देहीको सैनामैनामा एैलानी(सुकुम्बासी बस्ती)जग्गाबाट अवैध रुपमा माटो तथा ढुङगा उत्खनन् कार्यले निरन्तरता पाएको छ ।सैनामैनाका केही वडाका एैलानी जग्गामा खेती बनाउने नाममा माटो तथा ढुङगा उत्खनन् गरि विक्रि वितरण भईरहेको छ । राजश्व बढाउने उदेश्य राखि अधिकार नै नभएका वडाहरुले अनुमति दिई एैलानी जग्गाबाट धमाधाम उत्खनन् र विक्रि वितरण भैरहँदा समेत सम्बन्धी निकाय मौन छ ।
यता,सैनामैना वडा न.६ स्थित सुखौरा शान्तिपुर निवासी श्याम सोमरेले जोगभोग गर्दै आएको एैलानी जग्गाबाट निकालेको अवैध ढुङगा गायव भएको छ ।केही महिना अघि सैनामैना नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जनक थापा,ईन्जिनियर सुरज न्यौपाने,अरुण खनाल,सुचना अधिकारी केशव अर्याल,पत्रकार सुरेश परियार सहितको टिमले खेती बनाउने बहानामा अवैध रुपमा उत्खनन् गरेको ढुङगालाई नियन्त्रणमा लिई सो कार्यलाई बन्द गराएको थियो ।तर,नगरपालिकाले छड्के गरेको दुई महिना नपुग्दै डम्पीङ गरि राखेको ढुङगा गायब भएको छ ।करिब १० लाख भन्दा बढि मुल्य पर्ने सो ढुङगा जेसिव,टिप्पर र ट्याक्टर प्रयोग गरि ओसारपोसार गरि विक्रि वितरण गरेको स्थानीयलाई उद्ध्रत गर्दै बताईएको छ ।
सैनामैना वडा न.६ स्थित सुखौरा शान्तिपुर निवासी श्याम सोमरेले आफनो जग्गा सम्माईदिने र निस्केको ढुङगा दिने सर्तमा यो कार्य भएको स्विकार्य गरेका छन् । सोमरे भन्छन् कहिले काहि ट्याक्टरमा ढुङगा प्रयोग गरि लगेको देख्छु,अव म घर धेरै हुदैँन कतिबेला आएर लैजान्छन तर ढुङगा पहिला भन्दा अहिले धेरै घटे ।
सैनामैना नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जनक थापाले नियन्त्रणमा लिएको ढुङगालाई विक्रि वितरण गर्ने अनुमति नदिएको बताएका छन्। कानुन विपरित काम भएको भन्दै थप अनुसन्धान गरि कार्वाहिको दायरामा ल्याउने प्रमुख प्रशासकीय अधिकृत थापाले उल्लेख गरे ।राज्यको सम्पत्ती कसैले पनि दोहन गर्न नहुने भन्दै थप अन्य ठाउँमा पनि सुष्म तरिकाले अनुगमन हुने उल्लेख गरे ।
माटो तथा नदिजन्य पदार्थको नियमनकारी निकाय जिल्ला समन्वय समितिका अध्यक्ष उमाकान्त चापागाईले एैलानी जग्गाबाट माटो तथा नदिजन्य पदार्थ उत्खनन् गर्न नपाईने कानुनी ब्यवस्था रहेको बताएका छन् ।सैनामैना वडा न.६ स्थित सुखौरा शान्तिपुरमा एैलानी जग्गाबाट निकालेको नदिजन्य पदार्थ कानुन भन्दा माथि भएको स्विकार गर्दै सो ठाउँको अनुगमन छिट्टै गरिने जानकारी दिए ।सार्वजनिक प्रयोजन बाहेक कुनै पनि एैलानी जग्गाबाट विभिन्न बहानामा माटो तथा नदिजन्य पदार्थ निकाल्न नपाईने र भए अवैध हुने अध्यक्ष चापागाईको भनाई छ । सरकारी प्रयोजनका लागी आईई भैसके पछि मात्र एैलानी जग्गाबाट माटो उत्खनन् गर्न पाईने र अनुमति पालिकाले दिन मिल्ने कानुनी ब्यवस्था भएता पनि वडा कार्यालयले कानुन विपरित अनुमति दिईरहेको प्रति गम्भीर ध्याकार्षण भएको चापागाईले उल्लेख गरेका छन् ।
प्रकाशित मिति : शनिबार, जेष्ठ ६ २०८०
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्