मदिरा ब्यवसायीले ल्याए पर्यटकीय करीडोरको अवधारणा

मदिरा ब्यवसायीले ल्याए पर्यटकीय करीडोरको अवधारणा

भैरहवा-सावीक लुम्बिनी अञ्चलका पहाडी जिल्लाई समेटेर मदिरा ब्यवसायी सघं भैरहवा, रुपन्देहीले पर्यटकीय करीडोरको अवधारण अघी सारेको छ ।
आन्तरिक पर्यटन प्रबर्धनमा जुटेको सघंले भैरहवाबाट नजीकका पर्यटकीय गन्तब्य पहिचान गर्ने र सोको प्रचार प्रसार गर्ने उदेश्यले धुुरर्कोट गाँउपालीक गुल्मीमा रहेको बिचीत्रको गुुफा, रेसुुङ्गा, अर्घाखाँचीको सुुपादेउराली, छत्रदेव गाँपालीकामा रहेको नेपालकै अग्लो १३ तले मन्दिर लगायतका धार्मीक तथा पर्यटकीय स्थलहरुको अवलोकन एवं भ्रमण गरेको थियो । सो क्रममा सघंले यहाँका धार्मीक तथा ऐतीहासिक क्षेत्रहरुलाई समेटर करीडोरको बिकास गर्न सकीए पर्यटन क्षेत्रमा त्यसबाट भरपुर लाभ लिन सकीने निकर्षमा पुुगेको हो । पाल्पाको रानीमहल, भैरहवस्थान मन्दिर, गुल्मीको रिडि, रेसुुङ्गा, बिचीत्रको गुफा, अर्घाखाँचीमा रहेको बल्कोट पौवा, नेपालकै अग्लो १३ तले मन्दिर, सुुपादेउराली लगायतका पर्यटकीय एवं धार्मीक स्थललाई समेटेर पर्यटकीय करीडोरको रुपमा बिकास गर्न सकेत यि क्षेत्र यसक्षेत्रका उत्कृष्ट पर्यटीय गन्तब्य बन्न सक्ने मदिरा ब्यबसायी सघं भैरहवाका अध्यक्ष केशव ज्ञवालीले बताए । उनले यि क्षेत्रलाई समेटेर पर्यटन ब्यबसायीले प्याकेज तयार गरी लुम्बिनी आउने पर्यटकलाई ति क्षेत्रमा गुमाउन लैजान सक्ने राम्रो अवसर पनि भएको बताए । शिद्धार्थ उद्योग बाणीज्य सघंका अध्यक्ष ठाकुुर कुमार श्रेष्ठले सावीक लुम्बिनी अञ्चलका पहाडी जिल्ला पाल्पा, गुल्मी र अर्घाखाँचीलाई जोडेर पर्यटकीय करीडोरको रुपमा बिकास गरी राज्यले लाभ लिन ढिला गर्न नहुनेमा जोड दिए ।
यि जिल्लामा रहेका धार्मीक एवं ऐतीहासिक स्थलको संरक्षण र प्रचार गर्न सके मात्र पनि स्थानीय स्तरमा रोजगारी सिर्जना गर्न सकीने, ग्रामीण भेगहरु समेत चहलपल हुने, छोटो समयको उत्कृष्ट गन्तब्य बन्न सक्ने बताए । यि जिल्लामा एक दिन पर्यटकलाई बसाएर गुुमाउने स्थानहरु धेरै रहेको उल्लेख गर्दै एक जिल्लामा एकदिनको बसाई तत्कालाई लामो भए पनि कम्तीमा गुल्मी, अर्धाखाँची, पाल्पालाई केन्द्र बनाएर एक दिनको बसाईमा पनि मुख्य मुख्य पर्यटकीय एवं धार्मीक स्थलहरुको प्याकेज संचालन गर्नुु पर्ने पनि उनले बताए । मदिरा ब्यबसायी सघं भैरहवाका सल्लाहकार खिमबहादुर खत्रीले पाल्पा, गुल्मी र अर्घाखाँचीमा रहेका ऐतीहासिक धार्मीक स्थलहरुलाई पर्यटकीय केन्द्रको रुपमा बिकास गर्न संघ, प्रदेश र स्थानीय सरकारले बिषेश ध्यान दिनुु पर्ने बताए । उनले यहाँ रहेका कतीपय ऐतीहासिक स्थलहरु संरक्षण र प्रचार हुन नसक्दा आझेलमा परेको बताए ।
बिभीन्न ब्यक्तीहरुलाई सम्मान
यसैबिच मदिार ब्यवसायी सघं भैरहवाले अध्यन अवलोक भ्रमणको क्रममा गुल्मीको रेसुुङ्गामा एक कार्यक्रमको आयोजन गरी बिभीन्न ब्यक्तीहरुलाई सम्मान गरेकोछ । सघंले हालै निर्वाचीत सिद्धार्थ उद्योग बाणीज्य सघंका अध्यक्ष ठाकुुर कुुमार श्रेष्ठ, सल्लाहकारहरु खिम बहादुुर खत्री, मृगेन्द्र गोविन्द श्रेष्ठ, चिरञ्जीवी राउत, होटल ब्यवसायी महासघंका केन्द्रीय उपमहासचिव राजेस महत्रा, होटल तथा रेष्टुुरेण्ट ब्यबसायी सगंठन रुपन्देहीका अध्यक्ष पिताम्वर न्यौपाने, मदिरा ब्यबसायी महासघंका केन्द्रीय सदस्यहरु रमेश बेल्वासे, सन्देस कक्षपति, नेपाल राष्ट्रिय उद्योग ब्यापार संघ लुम्बिनी प्रदेशका सदस्य गिरीराज मणी पौडेल, मदिरा ब्यबसायी संघ मोरनका उपाध्यक्ष दया प्रसाद कोईराला र अध्यन अवलोकन भ्रमणका संयोजक नरायण न्यौपानेलाई प्रमाण पत्र र दोसोल्ला ओडाएर सम्मान एवं बधाई दिएको हो । सघंका अध्यक्ष केशव ज्ञवालीको अध्यक्षता, सचिव केशव अर्यालको संचालनमा भएको कार्यक्रममा सघंका बरिष्ठ उपाध्यक्ष बाबुुराम पाण्डेले सम्मानीत एवं सहभागीहरुलाई धन्यवाद ज्ञापन गरेका थिए ।

प्रकाशित मिति : सोमबार, जेष्ठ ८ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij