रुकुम पश्चिम जिप दुर्घटना अपडेट : मृतकको सङ्ख्या ५ पुग्यो

रुकुम पश्चिम जिप दुर्घटना अपडेट : मृतकको सङ्ख्या ५ पुग्यो

file photo

काठमाण्डौ – रुकुम पश्चिममा आज बिहान भएको जीप दुर्घटनामा ८ जना गम्भीर घाइते भएका छन् । जिपमा चालकसहित १५ जना रहेको र तीमध्ये ८ जना गम्भीर घाइते भएका हुन् ।

गम्भीर घाइतेमध्ये ५ जनाको अवस्था अचेत रहेको रुकुम पश्चिममा प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले जानकारी दिनुभयो ।

सानीभेरीका कर्णबहादुर

सुर्खेत । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकामा जिप दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार उनीहरूको घटनास्थलमा नै मृत्यु भएको हो ।

मृत्यु हुनेमा सानोभरी नगरपालिका ७० वर्षीय कर्णबहादुर बाडा मगर, ५० वर्षीय देउचन खत्री, बाँफिकोट – ८ का २२ वर्षीय रेखा खनाल, उनको छोरा रोशन केसी र सोही ठाउँका एक अर्को जनाको मृत्यु भएको रुकुम पश्चिम प्रहरीले जनाएको छ।

बिहीबार बिहान ७ बजेको समयमा बाँफिकोट गाउँपालिका–८ तोरीधारा जिप दुर्घटना परेको हो।

सानीभेरी गाउँपालिकादेखि रुकुमपश्चिमको खलंगाका लागि छुटेको लु १ ज १७४७ नम्बरको जिप दुर्घटनामा परेको ईलाका प्रहरी कार्यालय बाँफिकोट रुकुम पश्चिमले जनाएको छ।

घटनामा परी १० जना घाइते भएका छन् ।। जिप सडकबाट अन्दाजी ४०० मिटर तल खसेको छ भने दुर्घटनाको कुनै कारण खुल्न सकेको छैन।

हाल स्थानीय तथा प्रहरीले दुर्घटनामा घाइतेहरूको उद्धार कार्यलाई जारी राखेका छन्।

बाठा मगर र देउचन खत्री, प्रसिद्ध कुसारी, अनिता केसी, ललित बाठा मगर, प्रेम बाठामगर, बाँफिकोट–८ का रेखा खत्री र उहाँका छोरा रोशनको अवस्था गम्भीर रहेको रुकुम पश्चिम प्रहरीले जनाएको छ ।

तीमध्ये चार जना प्रसिद्ध, अनिता, ललित र प्रेमलाई थप उपचारका लागि सेनाको हेलिकप्टरबाट नेपालगञ्ज रिफर गरिएको छ । अरु घाइतेको जिल्ला अस्पताल सल्लेमा उपचार भैरहेको छ ।

सानीभेरी गाउँपालिका–५ मेलचौरबाट दुली हुँदै जिल्ला सदरमुकाम खलङ्गाका लागि छुटेको लु १ ज १७४७ नम्बरको जिप बाँफिकोट गाउँपालिका–८ दुलीको मोतिखोलामा दुर्घटना भएको हो ।

प्रकाशित मिति : बिहिबार, जेष्ठ ११ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij