प्रेस युनियनले विविध कार्यक्रम सहित स्थापना दिवस मनाउने

प्रेस युनियनले विविध कार्यक्रम सहित स्थापना दिवस मनाउने

काठमाडौं– नेपाल प्रेस युनियनले विभिन्न कार्यक्रम सहित ३२ औं स्थापना दिवस मनाउने निर्णय गरेको छ । प्रेस युनियनका अध्यक्ष शिव लम्सालको अध्यक्षतामा बसेको केन्द्रीय सचिवालय बैठकले जेठ १२ देखि १४ गतेसम्म त्रीदिवसिय कार्यक्रम सहित स्थापना दिवस मनाउने निर्णय गरेको हो ।

स्थापना दिवसको अवसरमा अस्पतालका बिरामीलाई फलफूल वितरण, प्रेस स्वतन्त्रता रक्षाका लागि सञ्चार क्षेत्रको भूमिका विषयक विचार गोष्ठी, रक्तदान तथा खेलकुद कार्यक्रम गरी मनाउने निर्णय गरेको प्रेस युनियनका महासचिव दिलीप पौडेलले जानकारी दिए । स्थापना दिवस मनाउनका लागि सबै जिल्ला तथा प्रतिष्ठान शाखालाई केन्द्रीय समितिले आग्रह गरेको छ ।

जेठ जेठ १३ गते केन्द्रीय समितिको आयोजनामा नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेर बहादुर देउवाको प्रमुख आतिथ्यतामा प्रेस स्वतन्त्रता रक्षाका लागि सञ्चार क्षेत्रको भूमिका विषयक विचार गोष्ठी आयोजना गरी मूल समारोहका साथ स्थापना दिवस मनाउने निर्णय भएको छ । लोकतन्त्रबादी पत्रकारको छाता संस्था नेपाल प्रेस युनियनको स्थापना २०४८ सालमा भएको हो । युनियनले पत्रकारको ट्रेड युनियन अधिकार, प्रेस स्वतन्त्रता, श्रमजिबी पत्रकारको अधिकार, पत्रकारको क्षमता विकास लगायतका क्षेत्रमा काम गर्दै आएको छ ।

प्रकाशित मिति : बिहिबार, जेष्ठ ११ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij