काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दलहरूलाई राष्ट्रिय सहमति गरेर अघि बढ्न प्रस्ताव गरेका छन्।
प्रतिनिधिसभा बैठकमा शनिबार बोल्दै प्रधानमन्त्री प्रचण्डले केही तितामिठा भए पनि साझा समस्यामा राष्ट्रिय सहमति गरेर अघि बढ्न प्रस्ताव गरेका हुन् ।
पहिलो गठबन्धनबाट दोस्रोमा आइपुग्दा केही तितामिठा अनुभूति भए पनि देश र जनताको हितलाई हेरेर एक ठाउँमा आउनुपर्ने भन्दै उनले भने, ‘त्यो अनुभूतिभन्दा राष्ट्र ठूलो हो।’
२०७२ मा विनाशकारी भूकम्प गएका बेला आफू प्रतिपक्षमा रहेको र त्यतिबेला आफूले सरकारलाई सहयोग गरेर देशब्यापी एउटा माहोल निर्माण गरिएको उनको भनाइ थियो। उनले अहिले प्रधानमन्त्री हुँदा पनि आफू सहमतिका लागि लचक भइरहेको तर्क गरे।
‘अहिले पनि राष्ट्रिय समस्यामा राष्ट्रिय सहमति आवश्यक छ,’ प्रधानमन्त्री प्रचण्डले भने, सुशासन, त्यसमा पनि भ्रष्टाचार विरुद्धको लडाई हामी सबै मिलेर मात्र जित्न सक्छौं।’
सरकार सुशासन र सामाजिक न्यायका पक्षमा दृढ संकल्पित रहेको पनि उनले बताए।
प्रकाशित मिति : शनिबार, जेष्ठ १३ २०८०
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्