नक्कली शरणार्थी प्रकरणमा अभियुक्तविरुद्धको थुनछेक बहस आजदेखि

नक्कली शरणार्थी प्रकरणमा अभियुक्तविरुद्धको थुनछेक बहस आजदेखि

काठमाडौं – नक्कली भुटानी शरणार्थी प्रकरणमा आजदेखि अभियुक्तविरुद्धको थुनछेक बहस सुरु हुँदै छ ।

अस्ति शुक्रवारसम्म आरोपित १८ जनासँग बयान लिएपछि आजदेखि जिल्ला अदालत काठमाडौंमा थुनछेक बहस सुरु हुन लागेको हो । यो प्रकरणको बयानमा सबै अभियुक्तले इन्कारी बयान दिएका छन् ।

थुनछेक बहसमा सरकारी वकिल र प्रतिवादीका वकिलले बहस गर्नेछन् । सरकारी वकिलको पक्षबाट बहसको नेतृत्व जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका सहन्यायाधिवक्ता अच्युतमणि न्यौपानेले गर्नुहुनेछ । सरकारी वकिलले बहस सकेपछि प्रतिवादीकातर्फबाट अधिवक्ताले बहस गर्नेछन् ।

प्रतिवादीका अधिवक्ताले गरेको बहसपछि जवाफी बहस गर्न आवश्यक देखिएमा सरकारी वकिलका तर्फबाट जवाफी बहस पनि हुनेछ । दुवै पक्षको बहस सकिएपछि इजलासले प्रतिवादीका सम्बन्धमा अदालतमा पेस गरिएका प्रमाण, उनीहरूको बयान र तत्काल प्राप्त प्रमाणबाट कसुरदार देखिएको अवस्थामा उनीहरूलाई थुनामा पठाउन सक्नेछन् ।

भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १६ र फरार १४ गरी ३० जनाविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालयले ठगी, सङ्गठित अपराध, कीर्ते र राज्यविरुद्धको अपराधको कसुरमा कारबाही माग दाबीसहित जेठ १० गते मुद्दा दायर गरेको छ । अदालतमा मुद्दा दायर भइसकेपछि फरारमध्येका लक्ष्मी महर्जन र हरिभक्त महर्जन पक्राउ परेका थिए ।

प्रकाशित मिति : आइतबार, जेष्ठ २१ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij