निर्वाचन आयोगले राजनीतिक दललाई पाँच विषयमा छलफलका लागि बोलायो

निर्वाचन आयोगले राजनीतिक दललाई पाँच विषयमा छलफलका लागि बोलायो

काठमाण्डाै – निर्वाचन आयोगले विभिन्न ५ वटा विषयमा छलफल गर्न राजनीतिक दलहरूलाई बोलाएको छ ।

प्रतिनिधि सभा र प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलहरुलाई भोलि बिहान साढे ११ बजे  छलफलका लागि बोलाइएको निर्वाचन आयोगका प्रवक्ता एवं सहसचिव शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।

राजनीतिक दलहरूसँगको बैठकमा गएको जेठ १५ गते प्रस्तुत आउँदो आर्थिक वर्षको बजेटमा भएको सबै जिल्ला निर्वाचन कार्यालय खारेजीको विषयसहित नयाँ निर्वाचन कानुन विधेयक, विदेशमा रहेका नेपाली नागरिकको मतदाता नामावली सङ्कलन प्रारम्भ, स्थानीय सरकारबाट मतदाता नामावली सङ्कलन तथा दलहरुको लेखा परीक्षणबारे छलफल हुनेछ ।

यसअघि आयोगले गएको २२ गते विज्ञप्ति निकालेर अहिले सञ्चालनमा रहेका संरचना खारेज गर्ने निर्णयले संवैधानिक निकायको स्वतन्त्रता, स्वायत्तता र समक्षतामा गम्भीर प्रश्न उठ्न सक्ने अवस्था भएको जनाएको थियो ।

प्रकाशित मिति : बिहिबार, जेष्ठ २५ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij