काठमाण्डाै – प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलगायतलाई विपक्षी बनाइएको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ ।
पूर्वबालसेनाहरू लेनिन विष्ट, कृष्णप्रसाद दंगाललगायतले दिएको रिट दर्ता भएको सर्वोच्च अदालतका प्रवक्ता बिमल पौडेलले जानकारी दिनुभयो ।
रिटको पेसी आउँदो मङ्गलवारका लागि तोकिएको उहाँले बताउनुभयो । रिटमा नेकपा (माओवादी केन्द्र) को दशक लामो सशस्त्र द्वन्द्वकालका बालसेनाहरूको योगदानको अवमूल्यन गरेको आरोप छ ।
यो रिट यसअघि सर्वोच्च प्रशासनले दरपिठ गरेको थियो । तर शुक्रवार सर्वोच्चका न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासले दरपिठ खारेज गर्दै रिट दर्ता गर्न आदेश दिएको थियो ।
प्रकाशित मिति : आइतबार, जेष्ठ २८ २०८०
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्