JanataToday.com

Advertisment

SKIP THIS

अभ्यास खेलमा नेपालले आज यूएईसँग खेल्दै

अभ्यास खेलमा नेपालले आज यूएईसँग खेल्दै

काठमाण्डाै – आईसीसी एकदिवसीय विश्व कप छनोट अघि अभ्यास खेलमा नेपालले आज यूएईसँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो पौने एक बजे जिम्बाब्वेको हरारेमा सुरु हुनेछ ।

नेपालको कप्तानी रोहित पौडेल र यूएईको मोहम्मद वासिमले गर्नेछन् । दक्षिण अफ्रिकामा भएको अभ्यास खेलमा नेपाल स्कटल्यान्ड र नेदरल्यान्ड्ससँग पराजित भएको थियो । नेपालले अन्तिम अभ्यास खेल पर्सि बिहीवार ओमानसँग खेल्नेछ ।

विश्व कप छनोट प्रतियोगिताको समूह ‘ए’ मा नेपाल, वेस्टइन्डिज, जिम्बाब्वे, अमेरिका र नेदरल्यान्ड्स छन् । समूह ‘बी’ मा आयरल्यान्ड, श्रीलंका, यूएई, स्कटल्यान्ड र ओमान छन् । यो प्रतियोगिता असार ३ देखि २४ गतेसम्म जिम्बाब्वेमा हुनेछ । शीर्ष तीन टोली सुपर सिक्समा पुग्नेछन् ।

सुपर सिक्समा अर्को समूहबाट आउने तीन टोलीसँग प्रतिस्पर्धा हुनेछ । त्यसपछि शीर्ष दुई टोलीले विश्व कपमा स्थान बनाउनेछन् ।

प्रकाशित मिति : मंगलबार, जेष्ठ ३० २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij