काठमाण्डाै – एसीसी महिला इमर्जिङ टिम्स एसिया कप क्रिकेटअन्तर्गत नेपाल र भारतकाे ‘ए’ टाेलीबीचकाे खेल रद्द भएकाे छ । खेल नेपाली समयअनुसार बिहान सवा ११ बजे हङकङकाे मङककमा सुरु हुनुपर्ने भए पनि वर्षाका कारण टस पनि हुन नपाई रद्द भएकाे हाे ।
खेल वर्षाले रद्द भएसँगै नेपाल र भारतले १/१ अङ्क बाँडेका छन् । नेपाल २ खेलमा १ अङ्कसहित समूह ‘ए’ काे तेस्राे स्थानमा छ । भारत २ खेलमा ३ अङ्कसहित तालिकाकाे शीर्ष स्थानमा छ ।
नेपाल पहिलाे खेलमा पाकिस्तान ‘ए’ सँग ९ रनले पराजित भएको थियो । समूहको अन्तिम खेलमा पर्सि शनिवार नेपालले आयोजक हङकङसँग खेल्नेछ । प्रतियोगितामा सहभागी आठ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।
नेपाल रहेको समूह ‘ए’ मा हङकङ, भारत र पाकिस्तानको ‘ए’ टोली रहेका छन् । समूह ‘बी’ मा मलेसिया, यूएई, बङ्लादेश र श्रीलङ्काको ‘ए’ टोली रहेका छन् । प्रतियोगिताको हरेक समूहबाट शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् ।
थाइल्यान्डले भिसा समस्याका कारण अन्तिम समयमा नाम फिर्ता लिएपछि नेपालले प्रतियोगितामा सहभागिताको अवसर पाएको हो । एसीसी महिला टी–२० इमर्जिङ टिम्स एसिया कपमा नेपाली महिला टोलीको यो पहिलो सहभागिता पनि हो ।
प्रकाशित मिति : बिहिबार, जेष्ठ ३२ २०८०
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्