काठमाण्डाै – काठमाण्डाै जिल्ला अदालतकाे आदेशपछि नक्कली भुटानी शरणार्थी प्रकरण का १६ जना अभियुक्त जेल चलान भएका छन् ।
शुक्रवार जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्याैपानेकाे एकल इजलासमा भएकाे थुनछेक बहसपछि १६ जना अभियुक्तलाई पुर्पक्षका लागि जेल पठाउन आदेश भएसँगै उनीहरूलाई केन्द्रीय कारागार जगन्नाथ देवल पठाइएकाे हाे ।
यस प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, गृहमन्त्रीका पूर्व सुरक्षा सल्लाहकार इन्द्रजीत राई, निलम्बित सचिव टेकनारायण पाण्डेलगायत १६ जना जेल चलान भएका छन् ।
यस्तै अदालतले टंक गुरुङलाई १० लाख र लक्ष्मी महर्जनलाई पाँच लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको छ ।
प्रकाशित मिति : शुक्रबार, असार १ २०८०
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्