JanataToday.com

Advertisment

SKIP THIS

नेपालले जिम्बावेलाई दियाे २ सय ९१ रनकाे लक्ष्य

नेपालले जिम्बावेलाई दियाे २ सय ९१ रनकाे लक्ष्य

काठमाडौं – आइसिसी एकदिवसीय विश्वकप छनोट (ग्लोवल क्वालिफायर) को पहिलो खेलमा नेपालले जिम्बाबेलाई २९१ रनको लक्ष्य दिएको छ ।

हरारे स्पोर्टस क्लबमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ५० ओभरमा ८ विकेट गुमाउँदै ‍‍ २९० रन बनाएको हो ।

नेपालले पहिलो विकेटका रूपमा कुशल भुर्तेललाई गुमाएको थियो ।

कुशललाई ३१.५ ओभरमा वालिङटन मास्काडजाले बोल्ड गराएका थिए । कुशलले ९५ बलमा १३ चौका र दुई छक्काको मद्दतमा ९९ रन बनाए ।

यस्तै आसिफ शेख ६६ रनमा आउट भए । आसिफले १०० बलमा ७ चौका मद्दतमा ६६ रन बनाए । आसिफ वेलिङटन मसाकान्डाको बलमा रायन बुर्लद्वारा क्याच आउट भएका हुन् ।

कुशल मल्ल ४१ तथा रोहितकुमार पौडेल ३१ रनमा आउट भए । गुल्सन झा १३ रनमा आउट भए भने भीम सार्कीले खाता नै खोल्न सकेनन् ।

जिम्बाव्वेका रिचर्ड नागरभाले ४ विकेट लिए ।

प्रकाशित मिति : आइतबार, असार ३ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij