बुटवल उपमहानगरपालिकाले सुरु गर्‍यो पोषणभत्ता वितरण

बुटवल उपमहानगरपालिकाले सुरु गर्‍यो पोषणभत्ता वितरण

बुटवल

बुटवल उपमहानगरपालिकाले मातृशिशु कार्यक्रमअन्तरगत पोषणभत्ता वितरण शुरु गरेको छ। बुटवल उपमहानगरपालिकाका नवजात शिशु र आमाको स्वास्थ्यलाई ध्यानमा राख्दै बुटवलले जनही २ हजार रुपैयाँ पोषण भत्ता उपलब्ध गराउन थालेको हो।
जसअनुसार मंगलबार कार्यक्रमको शुभारम्भ गर्दै नगरप्रमुख खेलराज पाण्डेयले ५० जना नवजात शिशुका आमाहरुलाई रकम तथा पोषण सामग्री हस्तान्तरण गर्नुभयो ।
उहाँले बुटवलका शिशु र आमाको स्वास्थ्यमा सुधार ल्याउनका लागि पोषण भत्ता प्रदान गर्ने कार्यक्रम ल्याइएको बताउदै यसले आगामी आर्थिक वर्षमा पनि निरन्तरता पाउने बताउनुभयो।
उहाँले बुटवललाई स्वास्थ्य क्षेत्रमा अग्रणी शहर बनाउनका लागि अस्पताल निर्माण, जनशक्ति उत्पादनलाई समेत जोड दिएको बताउनुभयो।
उहाँले छिटै नै बुटवल १३ र १६ मा १५-१५ बेडका अस्पताल सञ्चालनमा आउने, आम्दा अस्पतालको स्तरोन्नति हुने र जनशक्ति उत्पादनमा जोड दिने बताउनुभयो ।
पोषणभत्ता कार्यक्रमअन्तरगतको रकम प्राप्त गर्नका लागि बुटवलको स्थायी बासिन्दा हुनुपर्ने, बच्चा बुटवलको लुम्बिनी प्रादेशिक अस्पताल, आम्दा अस्पताल र सेमलार स्वास्थ्य चौकीमा गत साउनयता जन्मिएको हुनुपर्ने मापदण्ड राखिएको प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले बताउनुभयो।
आवश्यक मापदण्ड पूरा गरेकाहरुले बुटवल उपमहानगरपालिकाको स्वास्थ्य शाखाबाट रकम लिनसक्ने स्वास्थ्य शाखा प्रमुख युवराज पाण्डेले बताउनुभयो।

प्रकाशित मिति : मंगलबार, असार ५ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij