आधारभुत अस्पतालमा आवश्यक जनशक्ति आफै व्यवस्थापन गर्न स्थानीय तहलाई मन्त्रालयको निर्देशन

आधारभुत अस्पतालमा आवश्यक जनशक्ति आफै व्यवस्थापन गर्न स्थानीय तहलाई मन्त्रालयको निर्देशन

काठमाडौं : हरेक स्थानीय तहमा रहेका आधारभूत अस्पताललाई आवश्यक स्वास्थ्य जनशक्ति आफै व्यवस्थापन गर्न संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्देशन दिएको छ।

 

 

मन्त्रालयले सबै स्थानीय तहलाई परिपत्र गर्दै  आधारभूत अस्पतालका लागि आवश्यक जनशक्तिको व्यवस्थापन र  आर्थिक स्रोत आफै जुटाउन भनेको हो।

मन्त्रालयले ५, १० र १५ शैय्याका अस्पतालहरुको दरबन्दीको नमुना तयार भएको र उक्त दरबन्दी नेपाल सरकारबाट हालसम्म स्वीकृत नभएको जनाउँदैं संघीय सरकारमा आर्थिक भार नपर्ने गरी जनशक्ति व्यवस्थापन गर्न भनेको छ ।

‘नेपाल सरकारद्वारा हालसम्म संगठन संरचना तथा दरबन्दी स्वीकृत भइनसकेको हुँदा संघीय सरकारमा आर्थिक भार नपर्ने गरी पालिकाको आवश्यकता र आर्थिक स्रोत हेरी कर्मचारीसँगै तलब, भत्ता र अन्य सुविधाहरुको व्यवस्थापन पालिकाबाटै होस्।’

यस्तै मन्त्रालयले  स्वास्थ्य सेवाका कर्मचारीहरु आ-आफ्नो कार्यक्षेत्रमा खटिई नियमित रुपमा विरामीहरुको उपचारमा संलग्न हुनुपर्ने जिम्मेवारी भएकोले सरुवा, काज वा अन्य कुनै पनि बहानामा मन्त्रालय/विभागमा आउने कार्यलाई स्थानीय तहको नेतृत्वले नियन्त्रण / निगरानी गर्न पनि भनेको छ।

नेपाल सरकारको मन्त्रिपरिषद्बाट स्वीकृत दरबन्दीबाहेकका पदमा संघलाई आर्थिक भार पर्नेगरी प्रदेश लोकसेवा आयोगबाट स्थायी पूर्ति नगराउन, नियमित बिरामी उपचार सेवा संलग्न हुनुपर्ने स्वास्थ्यकर्मी सरुवा, कामकाज तथा अन्य कुनै बहानामा मन्त्रालय तथा विभाग धाउने कामको अनुगमन गर्न, कर्मचारीहरुको अभिलेख व्यवस्थापन र व्यक्तिगत विवरण राख्ने समेत मन्त्रालयले सबै स्थानीय तहलाई निर्देशन दिएको छ ।

पछिल्लो समय स्थानीय तहहरुमा दरबन्दी भन्दा बढी कर्मचारी राखेको र त्यस्ता स्वास्थ्यका कर्मचारीको लागि मन्त्रालयमा तलब सुविधाको ताकेत धेरै हुन थालेको छ। 
 

प्रकाशित मिति : बुधबार, असार ६ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij