JanataToday.com

Advertisment

SKIP THIS

शुभ लाभ सहकारी र द आर्ट अफ लिभिङ रुपन्देहीको सहकार्यमा प्रोजेक्ट पवित्रा तालिम सम्पन्न

शुभ लाभ सहकारी र द आर्ट अफ लिभिङ रुपन्देहीको सहकार्यमा प्रोजेक्ट पवित्रा तालिम सम्पन्न

बुटवल
बुटवल उपमहानगरपालिका मा रहेको शुभ लाभ बचत तथा ऋण सहकारी सस्थाले सामाजिक कार्ययोजना अनुसार द आर्ट अफ लिभिङ को सहकार्यमा ३ दिने प्रोजेक्ट पवित्रा तालिम अन्र्तगत पहिलो महिनावारीमा स्वस्थ्य सरसफाइ र खुशी कसरी रहने बारेमा बुटवलको लक्ष्मी मा .वि .का कक्षा ६ देखि १० सम्मका ६० जना छात्रालाइ प्रोजेक्ट पवित्रा तालिम आज सम्पन्न गरेको छ ।

No description available.

तालिममा द आर्ट अफ लिभिङ का प्रशिक्षक करुणा गौतम ,नविना उपाध्याय लगायतले महिनावारी हुँदा शारीरिक सरसफाईमा विषेश ध्यान दिनुपर्ने यस्तो बेलामा बिभिन्न योगा गर्दा शरीर स्वस्थ रहने कुरामा जोड दिनु भएको थियो ।साथै शुभ लाभ बचत तथा ऋण सहकारी सस्थाका सदस्य तथा द आर्ट अफ लिभिङ रुपन्देहीका डि. सि. सि बिन्ध्या केशर जोशीले तालिमको बारेमा प्रकाश पार्नुभएको थियो ।

No description available.
समापन समारोहमा शुभ लाभ बचत तथा ऋण सहकारीका उपाध्यक्ष बसन्त कुमार जोशीले छात्रालाइ यस तालिमले धेरै कुरा सिक्ने अवसर पाएकोमा द आर्ट अफ लिभिङ रुपन्देहीलाई धन्यबाद व्यक्त गर्नु भएको थियो साथै प्रशिक्षक तथा बिधालयका प्रध्यापक लाई संस्थाका तर्फ देखी मायाको चिनो प्रदान गर्नुभएको थियो ।

 

 

 

 

 

प्रकाशित मिति : शुक्रबार, असार १५ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij